ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण : उपेन्द्र यादव


एबीसी / संवाददाता
१ असार २०७८, मंगलबार   १ : ५४   बजे

काठमाडौं १ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगले दुवै समूहले गरेको कारबाही नीतिगत नरहेको भन्दै कारबाही बदर गर्दै पदाधिकारीलाई पहिलेकै अवस्थामा रहन भनेपछि अध्यक्ष यादव आयोगसँग असन्तुष्ट बन्नुभएको हो । अध्यक्ष यादव समूहले दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको थियो । त्यो पत्र अध्यक्ष यादव समूहले अद्यावधिक गर्न भन्दै आयोगलाई पत्र पठाएको थियो । यादव समूहले गएको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराएको थियो ।

आयोगको यो निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको आफूहरूको निष्कर्ष रहेको अध्यक्ष यादवले आरोप लगाउनुभएको छ । विज्ञप्तिमार्फत उहाँले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रूपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको समेत बताउनुभएको छ ।चार जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यलाई कार्यकारिणी समितिको बैठकको बहुमतले विधिवत् निष्कासन गरी त्यसको अभिलेख अद्यावधिक गर्नका लागि माग गरेकोमा आयोगले पुरानै अवस्था कायम रहने निर्णय गर्नु गलत रहेको उहाँको भनाइ छ ।

जसपा आयोगको निर्णयका विरुद्ध कानुनी लडाईं लड्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu