ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाली सरसफाई नहुँदा डुवानको चपेटामा बागलुङ बजार


राम प्रसाद घिमिरे
१ असार २०७८, मंगलबार   ८ : ३९   बजे

बागलुङ १ असार । निरन्तरको वर्षातको कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेको कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ नगरपालिका वाड नम्वर ३ रातामाटा देखि वग्ने चौलानिखोलामा आएको भेल बागलुङ बजारमा छिरेपछी नालीले धान्न नसकेपछि बागलुङ बजार जलमग्न भएको छ ।

बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिदा बागलुङ बजार जलमग्न भएको छ । निर्माणानिध मध्यपहाडी लोकमार्गमा काम प्रभावकारी नहुदा समस्या भएको हो । गएराती देखी आफुहरुको घर जोखिममा पर्दा पटक पटक नगरपालिकालाई जानकारी गराउदा समेत व्यवास्ता गरेको स्थानिय धनवहादुर कार्कीले बताए ।

अहिले बागलुङ बजारको मुख्य क्षेत्र शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर २,३ र ४ नम्वरको बजार क्षेत्र प्रभावित भएको छ ।

सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घर तथा पसल भित्र पानी पसेर क्षती पुर्याएको छ । नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएपनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन । नगरपालिकाको नेतृत्वको उदासीनता कारण यस्तो समस्या आएको बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष धुर्व वहादुर केसीले बताए । आफुले पटकपटक नगरकार्यापालिकाको बैठकमा नालि सरसफाइको कुरा उठाएपनि नगरपालिकाको सिङ्गो प्रशासनको लाचारीपनका कारण नागरिकले डुवानको सास्ती खेप्न बाध्य भएको केसिले गुनासो गरे ।

बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली व्बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा समेत नगरपालिकाले नियमन नगरेको कारण समस्या सृजना भएको छ ।
अहिले बागलुङ बजारका अधिकासं सडक जलमग्न भएको छ भने हालै मात्र निर्माण गरिएको कालोेपत्रे सडक समेत उक्किन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu