ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले हिलेबजारका १५ घर बगायो : विस्थापितहरुलाई फलेनी माविमा सारियो


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   २ : २८   बजे


लमजुङ, २ असार । लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् । ‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भने हिलेबजारकै माथिल्लो क्षेत्रमा रहेका छिमेकीका घरधुरीमा बसेका बसेका छन् ।बाढीबाट यस क्षेत्रका १ सय बढी घरधुरी प्रभावित भएको उहाँले बताउनुभयो । गाउँपालिकाकाले तत्कालका लागि उपलव्ध १७ थान त्रिपाल वडामार्फत त्यस क्षेत्रमा वितरण गर्न लागेको पनि उहाँले बताउनुभयो । गाउँपालिका क्षेत्रमा बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको पनि उहाँले बताउनुभयो । अहिले दोर्दी खोलामा पानीको बहाव केही घटेको छ । तर यस नदी किनारामा रहेका बासिन्दाहरु ढुक्कसँग बस्न सक्ने स्थितिमा नरहेको उहाँले बताउनुभयो । यसअघि नै जिल्ला प्रशासन कार्यालय, लमजुङले नदी किनारामा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu