ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वीकृति नै नलिई चितवनमा हात्ती महोत्सव सञ्चालन


admin
१३ पुस २०७४, बिहिबार   १२ : ०९   बजे

चितवन , १४ पुस । चितवनको सौराहामा जारी चितवन हात्ती महोत्सव दर्ता नै नगरी संचालन गरेको पाइएको छ । मंगलबारबाट सुरु भएको १४ औं चितवन हात्ती महोत्सव प्रक्रिया नै पूरा नगरी संचालन भएको हो ।

महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ तर चितवन हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ सौराहाले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नै नलिइ महोत्सव सचालन गरेको छ ।

स्वीकृति नै नलिई सञ्चालित महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि । फाइल तस्वीर ।

चितवन हात्ती महोत्सवले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती नलिएको तर गृह मन्त्रालयबाट उक्त कार्यक्रममा सम्मानिय प्रधानमन्त्री आउने भनेर पत्र आएकाले सोही अनुरुप सुरक्षा व्यवस्था मिलाएको शर्माले बताए ।

त्यस्तै मेला महोत्सव गर्दा आन्तरिक राजस्व कार्यालयमा अस्थायी रुपम भ्याटमा दर्ता गर्नुपर्ने हुन्छ तर महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाले दर्ता नै नगरी महोत्सव आयोजना गरेको हो । नियम बिपरित र प्रक्रिया नै पूरा नगरी महोत्सव संचालन हुँदा समेत संबन्धित निकाय मौन देखिएका छन् । महोत्सवका संयोजक दिपक भट्टराईले महोत्सवमा प्रवेश निशुल्क भएकाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्नु नपर्ने भएकाले दर्ता नगरेको बताए ।

महोत्सवमा प्रवेश निशुल्क भएता पनि महोत्सव स्थलभित्र रहेको मिनी प्याराफिटमा भने प्रवेश शुल्क लिइने गरेको छ । आयोजकले टिकट नै काटेर प्रतिव्यक्ति २ सय रुपैया शुल्क लिइरहेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले चितवन हात्ती महोत्सवले कर कार्यालयमा दर्ता नगरेको भन्दै आयोजकलाई बोलाएर दर्ता गराउन लगाउने बताए ।

महोत्सवको मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । प्रक्रिया नपुगेको महोत्सवमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख नै अतिथिको रुपमा आशनग्रहण गरेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu