ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौं । नयाँ बानेश्वरमा आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्ने महिला प्रहरीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ।

मंगलबार बिहान नयाँ बानेश्वरमा सडक पार गर्ने क्रममा प्रहरीले आकाशेपुल प्रयोग गर्न आग्रह गरेपछि विवाद भएको प्रहरीले जनाएको छ। विवाद चर्किंदै जाँदा ती युवकले महिला प्रहरीमाथि गालीगलौज गर्नुका साथै हातपात गरेको आरोप छ।

घटनापछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

दुई कसूरमा अनुसन्धान

प्रहरीले कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन र आवश्यक अनुसन्धान जारी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu