ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ३५   बजे

भोजपुर । भोजपुरका क्रियाशील निर्माण व्यवसायीहरूले जिल्ला निर्माण व्यवसायी संघको लामो समयदेखि रोकिएको साधारणसभा र अधिवेशन गराउन पहल गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष गुहार लगाएका छन्।

संघको अधिवेशन र साधारणसभा नहुँदा निर्माण व्यवसायीका समस्या ओझेलमा परेको तथा संस्थामा सीमित व्यक्तिको नियन्त्रण कायम रहेको आरोप लगाउँदै करिब ७० वटा निर्माण कम्पनीका प्रतिनिधिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा निवेदन बुझाएका हुन्।

व्यवसायीहरूले २०६२ सालपछि संघको अधिवेशन नभएको, समयअनुकूल विधान संशोधन नगरिएको तथा जिल्लामा करिब दुई सय निर्माण व्यवसायी क्रियाशील रहे पनि करिब ४० जनालाई मात्र सदस्यता दिएर ठूलो संख्यामा रहेका व्यवसायीलाई संस्थाबाट बाहिर राखिएको गुनासो गरेका छन्।

‘संघलाई बन्धक बनाइयो’

निर्माण व्यवसायी संघ भोजपुरका अध्यक्ष धर्मराज राई संघ स्थापना भएको २०५२ सालदेखि निरन्तर अध्यक्ष पदमा रहेको व्यवसायीहरूको दाबी छ। उनी नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापतिसमेत हुन् भने २०७० सालको संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।

व्यवसायीहरूले राईको नेतृत्वमा संघमा लामो समयदेखि अधिवेशन नगरिएको र सदस्यतामा समेत सीमितता तथा सिण्डिकेट कायम गरिएको आरोप लगाएका छन्।

एक निर्माण व्यवसायीले भने, “उहाँले संघलाई बन्धक बनाउनु भयो। २१ वर्षदेखि अधिवेशन भएको छैन। सदस्यतामा सिण्डिकेट लगाइयो। संस्थालाई लोकतान्त्रिक पद्धतिबाट बाहिर लगियो। पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि सीडीओ कार्यालय पुग्न बाध्य भएका हौँ।”

सबै व्यवसायीलाई सदस्यता दिन माग

व्यवसायीहरूले यथाशीघ्र संघको साधारणसभा तथा अधिवेशन गराउने प्रक्रिया अघि बढाउन प्रशासनसँग माग गरेका छन्। साथै जिल्लामा क्रियाशील सबै निर्माण व्यवसायीलाई संघमा आबद्ध हुने समान अवसर र वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

लामो समयदेखि अधिवेशन नहुँदा संस्थागत नेतृत्व, प्रतिनिधित्व र व्यवसायीका साझा मुद्दा प्रभावित भएको उनीहरूको भनाइ छ। अब प्रशासनको पहलमा संघको विधान, सदस्यता र नेतृत्व चयन प्रक्रियालाई लोकतान्त्रिक तथा समावेशी ढंगले अघि बढाउनुपर्ने माग निर्माण व्यवसायीहरूले गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu