ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम मन्त्रालयलका सरुवा भएका कर्मचारी अझै पुगेनन् स्थानिय तहमा


sharan sharan
१३ पुस २०७४, बिहिबार   ४ : २४   बजे

काठमाडौं,१३ पुस । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई अझ सम्म सरुवा भएको स्थानिय तहमा पुृगेका छैनन् । श्रम मन्त्रालयले काजमा राखेपछि सामान्य प्रशासन मन्त्रालयले अशन्तुष्टि जनाएको छ । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि बिभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो ।

श्रम मन्त्रालयको कमाउ अड्डा मानिने ताहाचलस्थित श्रम विभागमा लामो समय बसेका शाखा अधिकृत नरेन्द्र कुँवर, अर्का शाखा अधिकृत राजेन्द्र पौडेल, नायव सुब्बाहरु भुपेन्द्र बस्नेत र शिव गौतमलाई श्रम मन्त्रालयमा काज सरुवा गरिएको हो ।

उनीहरुमध्ये शिव गौतम कांग्रेस समर्थित कर्मचारी युनियनका केन्द्रीय सदस्य हुन् । उनी यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थिए । आर्थिक चलखेल र पावर लगाएर श्रम कार्यालयमा सेटिङ मिलाउने गरी विवादस्पद कर्मचारीलाई काजमा राखिएको आरोपसमेत लागेको छ ।

खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी बसेका चारजना कर्मचारीलाई श्रम मन्त्रालयले काजमा तानेर सामान्य प्रशासनको अधिकारमाथि नै चुनौति दिएको आरोप कर्मचारीले लगाएका छन् । नियमतः सामान्य प्रशासनले सरुवा गरेको कर्मचारीलाई अर्को मन्त्रालयले काजमा राख्न पाउदैन ।

 

५ लाख रुपैयासम्मको आर्थिक चलखेलमा काज स्वीकृत गरिएको आरोप कर्मचारीलेनै लगाएका छन् । तर, श्रम मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भने आवश्यकता परेरनै उनीहरुलाई काजमा राखिएको बताए । आर्थिक चलखेलको आरोप श्रम मन्त्रालयभित्र सामान्य हुने गरेको र त्यस्ता आरोपको अर्थ नरहेको उनले बताए ।

सचिव मैनालीले भने उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयले काजमा सरुवा गरेको थियो । अहिले श्रम विभाग लगायतका ठाउँमा अनुभवी मान्छे भएनन् त्यसैले काजमै तानिएको हो । यसका लागि सामान्यको सहमति चाहिँदैन ।

सचिव मैनालीले नयाँ सरकार नआई कर्मचारीको सरुवा नहुने बताए । उनले ३ महिने काज सरुवाको अवधि सकिएपछि उनीहरुलाई श्रममा राखिएको बताए । तर सामान्य प्रशासन मन्त्रालयले असोजमा सबै कर्मचारीको काज सरुवा गर्दा अवधी नतोकी संघीयता कार्यन्वयनका लागि भनेर पठाएको थियो ।

सामान्यले सरुवा गरेपछि पनि कुँवर लगायतका कर्मचारी खटाएको ठाउँमा नगई बसेको स्रोतले जनाएको छ । उनीहरुले काजमा श्रम मन्त्रालयमा काम गर्न दिएको निवेदन पुस ९ गते सचिव मैनालीले स्वीकृत गरेका थिए । उनीहरु सबैको दरबन्दी श्रम कार्यालयमा थियो ।

मन्त्रालयका एक उच्च अधिकारीले श्रम मन्त्रालयका सचिव मैनाली र सहसचिव तथा श्रम विभागका समते प्रमुख रहेका तेजराज पाण्डेले गैरकानुनी र अनुचित प्रभावमा ती कर्मचारीलाई काजमा झिकाएको आरोप लगाए । कुँवर यसअघि श्रम बिभागमा २ वर्ष बसिसकेका व्यक्ति हुन् ।

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।

यसैबीच सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आफ्नो मन्त्रालयका कर्मचारीलाई बढीमा ३ महिनाको काज खटाउने बाहेक अरु सन्दर्भमा कुनै पनि मन्त्रालयले सामान्यको सहमति लिनुपर्ने बताए । सामान्यले असोजमा काज सरुवा गर्दा अवधि नतोकेको उनले बताए ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले बदर गरेका सरुवाको फाइल समेत अख्तियारले नियत्रन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group