ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा (के गर्न पाइन्छ र पाइँदैन )


एबीसी / संवाददाता
८ असार २०७८, मंगलबार   ७ : ५२   बजे

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकासहितका जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंमा आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । आज मङ्गलवार काठमाण्डौ उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यसपटक साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यो पनि अहिलेको आदेशमा नया व्यवस्था हो ।

के गर्न पाइन्छ ?

१। शैक्षिक संस्थाले अनलाईनमार्फत पठनपाठन गर्न सक्ने छन् । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

२। उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

३। औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ ।

४। खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपाटमेन्ट स्टोर्स ९ग्रोसरीमात्र०, स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

६। डिपार्टमेन्ट स्टोर्स ९ग्रोसरी बाहेक० सपिङ मल, खेलकूद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

७। सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

८। निर्माणजन्य सामग्रीको पसल ९हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट० दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

९। पसल तथा व्यवसाय सञ्चलान गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारीमर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।

१०। विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधान प्रयोग गर्न सकिने छ ।

११। अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत्मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दुरसञ्चार, इन्टरनेटमर्मत, कार्गो, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ ।

१२। अत्यावश्यक सामग्री बोक्ने सवारी साधान परिचयपत्रको आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए । निजी सवारीसाधान ९कार जीप, भ्यानमा बढीमा चार जना० ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

१३। तरकारी फलफुल दुग्धजन्य पदार्थ, कुखुरा, दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरिनरी, इन्धन, ग्यास, सरसफाईमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ । सार्वजनक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।

१४। भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधानसम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावन गर्न पाउने छन् ।

१५। विदेश जाने यात्रुले अन्तराष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ ।

१६। विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ ।

१७। बैंक तथा वित्तिय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group