ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५० भन्दा बढी कानुन व्यवसायीहरुले संयुक्त रुपमा बुझाएको बहस नोट : धारा ७६को ५ सांसदको विशेषाधिकार (पूर्णपाठ)


एबीसी / संवाददाता
१० असार २०७८, बिहिबार   १० : ३३   बजे

काठमाडौं, १० असार ।   संसद विघटन रिटका निवेदक पक्षका वकिलहरुले संविधानको धारा ७६ (५) लाई सांसदहरुको विशेष अधिकारका रुपमा व्याख्या गरिनुपर्ने दलिल पेश गरेका छन्। बिहीबार निवेदक पक्षका २५० भन्दा बढी कानुन व्यवसायीहरुले संयुक्त रुपमा बुझाएको बहस नोटमा ७६ (५) मा दलीय ह्वीप नलाग्ने गरी संविधानको व्याख्या हुनुपर्ने दाबी पेश गरेका हुन्। उनीहरुले उक्त प्रावधानलाई सांसदहरुलाई सरकार गठनका लागि संविधानले दलीय नियन्त्रणभन्दा पर रहेर दिएको विशेष अधिकारका रुपमा व्याख्या तर्फका अघि सारेका छन्। उनीहरुले सरकार गठनका सम्बन्धमा धारा ७६ को उपधाराहरु १, २ र ३ भएको भन्दा विल्कुल फरक व्यवस्था उपधारा ५ ले गरेको बताएका हुन्। बहस नोटमा उल्लेख गरिएको छ, ‘संविधानको धारा ७६९५० ले प्रतिनिधिसभाका प्रत्येक सदस्यहरुलाई वैकल्पिक सरकार बन्नसक्ने आधार खोज्न संविधानले दिएको एक प्रकारको विशेष संवैधानिक वैकल्पिक विशेषाधिकार हो। यसरी संविधानले दिएको विशेष संवैधानिक अधिकारलाई नियन्त्रण र संकुचन गर्ने मनसाय संविधानमा कहिँ कतै पनि अभिव्यक्त भएको पाइँदैन। यदि संविधान निर्माताहरुले ७६९५० बमोजिमको प्रक्रियामा संलग्न प्रतिनिधिसभाका सदस्यहरुलाई दलीय अनुशासन लाग्नसक्ने कल्पना गरेको हुदो हो त यस धारामा पनि धारा ७६ को उपधारा १,२ र ३ मा जस्तो दल भन्ने शव्द हटाईने थिएन।’ वकिलहरुले यदि ७६ को ५ मा पनि दलीय ह्वीप लाग्दछ भनि मान्ने हो भने उपव्याख्या हुन जानेतर्फ संवैधानिक इजलासलाई सचेत गराएका छन्। उक्त प्रावधानलाई ‘गाँठो फुकाउने संरचना’का रुपमा अदालतले व्याख्या गर्नुपर्ने जिकिर गरेका छन्। ‘‘यस्तो संवैधानिक प्रावधानलाई गाँठो फुकाउने संरचना  (Deadlock Breaking Provision)  पनि भनिन्छ। संविधानले छ यस्तो व्यवस्था गर्दा दलीय भूमिका भन्दा पनि प्रतिनिधि सभामा वाहाल रहेका सदस्यहरुको भूमिकालाई प्रधानता दिएको हुन्छ । यसमा पनि दलको नियन्त्रण हुने हो भने यो उपधाराको अपव्याख्या हुन पुग्दछ, बहस नोटमा लेखिएको छ। त्यस्तै बहस नोटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गर्दै विश्वासको मतको परीक्षण संविधानको धारा ७६को ४ र ६ बमोजिम प्रतिनिधिसभाले मात्रै गर्न सक्ने तर राष्ट्रपतिलाई त्यो अधिकार नभएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group