ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकी जीवन शान्ति र राष्ट्रिय एकताको निम्ति–प्रचण्ड


sharan sharan
१४ पुस २०७४, शुक्रबार   ११ : १९   बजे

काठमाडौं,  १४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकि जीवन शान्ति र राष्ट्रिय एकताको निम्ती रहेको छ । उनले राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्ने बताएका छन् । राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु केन्द्रित गरेको उनले बताए ।

व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्नेछौं ।’
देशमा लामो समयसम्म राजनीतिक उतारचढाव, खिचातानी भएकाले जनताको चाहना तथा राष्ट्रको आवश्यकता पनि शान्ति, समृद्धि र विकास नै भएको उनले बताए । १० वर्षे सशत्र युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि भूमिका खेल्नेसमेत बताए ।

‘सबै जनता खुसी होउन् । सबैमा समृद्धि आवस्, सबैमा शान्ति छावस् भन्ने नै हो,’ प्रचण्डले थपे, ‘हुन त मैले यो कुरा गर्दैगर्दा हिँजो युद्धको नेतृत्व गरेको, विद्रोहको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्दा कताकता केहो भन्याजस्तो पनि लाग्नसक्छ । तर हिजो इतिहास हेर्‍यो भने युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि त्यत्तिकै ठूलो भूमिका खेलेका इतिहास छन् ।’

बुद्धको शान्तिको सन्देश संसारभरि फैलाउनको लागि अशोकाले खेलेको भूमिकाको स्मरण गर्दै प्रचण्डले भने, ‘जबकी उनी पहिले ठूलो कमाण्डर, हजारौं मान्छे मर्ने र मार्ने गरेका थिए, तिनै मान्छे शान्तिका त्यत्रा ठूला प्रवर्तक भएर आए ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group