ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिट निवेदकहरूले अदालतलाई झुक्याए – महान्यायाधिवक्ता वडाल


एबीसी / संवाददाता
१४ असार २०७८, सोमबार   १२ : ३५   बजे

काठमाडौं, १४ असार । महान्यायाधिवक्ता रमेश वडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकहरूले अदालतलाई नै गुमराहमा राखेको आरोप लगाउनुभएको छ । संवैधानिक इजलासमा सरकारको प्रतिरक्षा गर्दै वडालले रिट निवेदनअनुसार यो मुद्दा संवैधानिक इजलासमा आउँदैनआउने तर्क गर्नुभयो । रिट निवेदनमा के लेख्नुभयो र अदालत कहाँ झुक्कियो ? १३३ को उपधारा २ र ३ अन्तर्गतको मुद्दा हो भने संवैधानिक इजलासमा आइपुग्दैन । १३७ को हो भने त्यो कुरा यहाँ उठेन ।

संवैधानिक इजलासमा १३३ को १ मात्र आइपुग्छ । तर, उहाँहरूको मुद्दा यो होइन । यो इजलासको क्षेत्राधिकार होइन । उहाँहरू जुन धारा टेकेर यहाँ आउनुभयो, त्यो धाराको कुरा यहाँ उठेन । उहाँहरूले अदालतलाई गुमराहमा राख्नुभयोु, महान्यायाधिवक्ता वडालले भन्नुभयो । राष्ट्रपति र प्रधानमन्त्रीमाथि संवैधानिक प्रश्न उठाइरहँदा यो इजलासमा मुद्दा संवैधानिक तरिकाले आयो कि आएन भनेर हेर्नुपर्ने उहाँले बताउनुभयो । हामीले स्वीकार गरे पनि हाम्रो कानुनी प्रबन्धले स्वीकार नगर्दो रहेछ । २०३१ सालको एक फैसलाअनुसार पक्षको सहमित वा स्वीकृति भएर मात्र हुँदैन ।

अधिकार क्षेत्र हुनुपर्नेछ । यसमा हुने फैसला लागू हुँदैन । फैसलाको वैधता हुँदैन । रिट निवेदक पक्षले अदालतलाई झुक्याए । रिट निवेदनको चार दिनको बहस गाली पुराण भयो । गालीको जवाफ गालीबाट दिन मिलेन । म कानूनी र संवैधानिक कुरा गर्छु । रिट निवेदकतर्फका कानुन व्यवसायीले बहुदलीय व्यवस्थालाई चुनौती दिइरहेको उहाँको जिकिर छ । वडालले भन्नुभयो मित्रको बहस सुन्दा हामी २०४६ को अन्त्यतिर छौँजस्तो लाग्यो । निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि फाल्ने भनेर निर्णायक बहस गर्दै रहेछौँ । ११ फागुनको फैसलाले धारा ७४ लाई निष्क्रियजस्तै बनायो । हाम्रो संविधानले बहुलवाद स्वीकार्छ । वैधानिक समितिको प्रतिवेदन प्रस्तावनामा बहुलवादको कुरा राख्ने विषयमा विवाद भएपछि धारा ७४ राखिएको वडालको भनाइ छ । १६ बुँदे सम्झौतापछि बहुलवादको अवधारणासहित यो कुरा थपिएको उहाँले बताउनुभयो । दल कसलाई मान्ने ? धारा २६९ को एक शब्द पनि उच्चारण गरेनन् विद्वान् मित्रहरूले ।

दल हुनका लागि समान विचारधारा, समान दर्शन र समान कार्यक्रम चाहिन्छ । एउटा दलको सदस्य अर्को दलको सदस्यलाई प्रधानमन्त्री बनाउन जान्छ भने त्यो दल मान्ने की निर्दल ? उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले जुनसुकै तरिकाले कार्यसमिति गठन गरिए पनि सामान कर्यक्रम, दर्शन र विचार नभएसम्म दलको अस्तित्व नहुने तर्क गर्नुभयो । एउटा दलबाट निर्वाचित हुने अनि प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउन जाने र फेरि अदालसमक्ष आउने । हाम्रो संविधानले यही कल्पना गरेको हो ? उहाँले फेरि प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group