ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर राष्ट्रिय धान दिवश मनाइँदै : नेपाललाई वार्षिक १० लाख टन अपुग


एबीसी / संवाददाता
१५ असार २०७८, मंगलबार   १० : १०   बजे

काठमाडौं, १५ असार । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् ।

आर्थिक बर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ । यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकाश मन्त्रि बसन्त कुमार नेम्वांगले शुभकामना संदेश दिदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गर्नु भएको छ । आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हाशिल गर्न सहयोग गर्ने विश्वाश लिएको कृषि मन्त्रि नेम्वांगले बताउनु भयो ।

गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ । नेपालमा उत्पादन हुने बाली मध्ये धान सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न रुपमा रहेको छ । धान नेपालीको संस्कार र संस्कृति सँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ ।

यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएको छन् । साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ । आजकृषि बिभाग १८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सवको कार्यक्रम खुमलटारस्थित कृषि अनुसन्धान परिषद् खेतमा गरेको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा धान दिवशको कार्यक्रम हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu