ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय


एबीसी / संवाददाता
१५ असार २०७८, मंगलबार   ९ : १२   बजे

काठमाडौं, १५ असार।   नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो ।

असन्तुष्ट खनाल–नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो। यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले बताउनुभयो । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।

नेकपाको एकता भंग भएपछि २०७५ जेठ २ गतेको संरचनामा फर्किएपछि एमाले २४१ केन्द्रीय सदस्य छन्। एकता भंग भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेताहरूलाई समेत समेटेर केन्द्रीय कमिटी विस्तार गरेर महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्नुभएको थियो । सर्वोच्च अदालतले समेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो। ओलीले पार्टी एकलौटी रूपमा अगाडि बढाउन थालेपछि नेता माधवकुमार नेपाल समूह विद्रोहमा उत्रिएको छ। ओली र नेता नेपाल समूहबीचको ध्रुवीकरणले एमाले विभाजनको डिलमा छन्। पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै ओली २०७५ जेठ २ को अवस्था फर्किन तयार भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group