ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट एक साताभित्र भेरोसेल १० लाखदेखि २० लाख मात्रा आइपुग्ने


एबीसी / संवाददाता
१७ असार २०७८, बिहिबार   ७ : ४६   बजे

काठमाडौँ, १७ असार । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । केही ‘तलमाथि नपरे’ एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ ।

‘पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना छ, जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । यसबारे सूचना भने सार्वजनिक गरिएको छैन । ती अधिकारीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार ल्याउन लागिएको बताए । ‘तत्काल खोप नपाइरहेको अवस्थामा चिनियाँ कम्पनीको सर्तले खोपको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार सरकार खोप ल्याउन बाध्य भएको हो,’ मन्त्रालयका अर्का उच्च अधिकारीले भने, ‘यसअघि सरकारद्वारा खरिद गरिएको कोभिसिल्ड खोपको दाँजोमा भेरोसेलको मूल्य दोब्बरभन्दा बढी परेको छ ।’ पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको स्रोतले बतायो ।

गत वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतबाट २० लाख मात्रा कोभिसिल्ड प्रतिमात्रा ४ डलरमा खरिद गरेको जानकारी दिएका थिए । उक्त खोपको बाँकी १० लाख मात्रा नेपालले अझै पाउन सकेको छैन । सिरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ को अन्तसम्म दिन सकिने भन्दै आएको छ । चीन सरकारले अनुदान सहयोगमा यसअघि दुईपटक गरी १८ लाख मात्रा भेरोसेल उपलब्ध गराइसकेको छ । राष्ट्रिय कोभिड खोप कार्ययोजनाअनुसार बढी उमेरबाट क्रमशः कम उमेरकालाई खोप लगाइने रणनीति सरकारको छ । ६२ देखि ६४ वर्षसम्मलाई खोप सुनिश्चित गरेर अरूलाई पनि खोप लगाइने स्रोतको भनाइ छ । भेरोसेल १८ वर्षमाथिका सबै उमेर समूहलाई दिन सकिन्छ । यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (भेरोसेल) इनएक्टिभेटेड भ्याक्सिन’ हो ।

औषधि व्यवस्था विभागले उक्त खोपलाई गत फागुन ४ गते आपत्कालीन उपयोगको अनुमति दिएको थियो । यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । कोभिसिल्डको म्याद गुज्रिने मिति ६ महिनाको थियो भने यो खोपको अवधि दुई वर्षको छ । भेरोसेलमा मृत कोभिडको कोषिका उपयोग गरिएको छ । ७९.३४ प्रतिशत प्रभावकारिता रहेको खोप २१ देखि २८ दिनको अन्तरमा दुई मात्रा लगाउन प्रस्ताव गरिएको छ ।

यो खोपमा सक्रिय घटकका रूपमा ‘सार्स–कोभ–२’ र निष्क्रिय घटकका रूपमा डाई सोडियम हाइड्रोजन फस्फेट, सोडियम क्लोराइड, सोडियम डाइहाड्रोजन फस्फेट, एल्युमिनियम हाइड्रोक्साइड रहेका छन् । खोपको एक मात्रा सिंगल डोजमा आउने भएकाले खेर जाने सम्भावना धेरै कम हुन्छ । यसको सिरिन्ज प्रिलोडेड वा भाइलमा हुन्छ भन्ने यकिन भएको छैन । चीनबाटै प्राप्त १० लाख मात्रा भेरोसेल भने प्रिलोडेड थियो । प्रिलोडेडको एक मात्रा सिरिन्जमै हालेर आउने भएकाले कम समयमै धेरैलाई खोप लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu