ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढी भाडा लिने चालक पक्राउ


एबीसी / संवाददाता
१७ असार २०७८, बिहिबार   ६ : ५७   बजे

काठमाडौं, १७ असार । ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि शुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको सम्बन्धित प्रभागमा पठाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलाम घर भएका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीका लागि प्रहरी प्रभाग, कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिइएको छ भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा बुझाएको महाशाखाले जनाएको छ ।
यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group