ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोग कसको भारी बोक्दैछ ? जनमतको अपमान किन ?


ABC NEWS
१५ पुस २०७४, शनिबार   ७ : १०   बजे

काठमाडौं १५ पुस । राष्टिय सभा निर्वाचनसम्वन्धी अध्यादेश जारी नहुंदा राजनीतिक गतिरोध भएको बताइएपनि राजनीतिक गतिरोध बढाउन निर्वाचन आयोग उद्धत भएको छ । आयोगले निर्वाचन सम्पन्न भएको तीन साता वितिसक्दा पनि समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्ने काम नै सुरु गरेको छैन । आयोगले सवभन्दा झन्झटिलो भनिएको प्रदेश सभाको समानुपातिकको चुनावी परिणाम भने घोषणा गर्ने तहमा पुर्याएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार बाम गठवन्धनमा दरार उत्पन्न गर्ने समयका लागि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव मतियार बनेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकको नतिजा सार्वजनिक नभएसम्म प्रतिनिधि सभा पूर्ण हुंदैन । यही बाध्यकारी प्रावधानलाई टेकेर बाम गठवन्धन विरोधी देशी तथा विदेशी शक्ति केन्द्रले खेलिरहेको एमालेका एक बरिष्ठ नेताले बताए । प्रमुख आयुक्तलाई विदेशी शक्ति केन्द्रले चर्को दबाब र चेतावनी दिएर समानुपातिक मतको नतिजा सार्वजनिक नर्गन दबाद दिइरहेको आयोगसम्वद्ध स्रोतले समेत पुष्टि गरेको छ ।
समानुपातिकको सिट संख्या सार्वजनिक नगर्न राष्टियसभाको गठनलाई बहाना बनाइएको छ । समानुपतिक प्रतिनिधित्वको सन्दर्भमा राष्टिय सभाको गठनमा प्रष्ट व्यवस्था भएकाले त्यस्तो बहानबाजीको कुनै अर्थ छैन अधिवक्ता रामनारायण विडारीले भने ।
प्र्रमुख आयुक्त यादब माओवादी कोटामा आयुक्त बनेपनि उनले भारतीय शक्ति केन्द्रको इशारालाई अन्तिम निर्देशन मानिरहेको आयोग स्रोतले दावी गरेको छ । यादवलाई जतिसक्यो समय लम्व्याउन दबाव दिइएको छ । अयोधीप्रसाद यादबले जनमतको अपमान गरेर के गर्न खोज्दैछन् गम्भीर प्रश्न उठेको छ ।
आजकल यादबको काम विदेशी खुफिया अधिकारीको आदेश तामेली गर्न एउटा बदनाम क्लबमा गएर कराउनेमा केन्द्रित भएको आयोगकै पदाधिकारीहरुले बताउन थालेका छन् । राष्टिय सभा अध्यादेश जारी हुने वित्तिकै यादबले अर्को ४० दिन पछि मात्र प्रतिनिधि सभाको समानुपातिक सिट संख्या तोक्ने सन्देश दिएर नेपाली जनताको अपमान गरेका छन् ।
यादबले बामगठवन्धनको सरकार बनेपछि आफ्नो बदमासी र जनमतको अपमानको कस्तो पुरस्कार पाउलान् भन्ने चर्चा समेत सुरु भ्एको एमाले एक नेताले बताए । ती नेताका अनुसार यादबले अर्र्को दुई महिना लम्वाए पनि बाम गठवन्धनमा कुनै समस्या हुनेछैन । बरु त्यस्तो अपराधमा संलग्न हुनेहरुले आफ्नो अवस्थाका बारेमा बुझ्नु उपयुक्त हुनेछ । एमाले सचिव प्रदीप ज्ञावलीले भने जनताको त्यति ठूलो जनमतको अपमान गरेर निर्वाचन आयोगले तमासा देखाएको छ । कानुनी व्यवस्था के छ ?
नयाँ सरकार गठनका लागि राष्ट्रियसभा आवश्यक छ कि छैन भन्ने विषयमा बहस भइरहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक गर्न राष्ट्रियसभा गठन भइसक्नुपर्छ कि पर्दैन भन्ने बहानमा आयोग पर्दा समस्या झन बल्झेको छ ।

संविधानको धारा ८४ को ८ मा ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ’ भनिएको छ ।

त्यसरी निर्वाचित गर्दा उपधारा १ को खण्ड क र धारा ८६ को उपधारा २ को खण्ड क बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै एक दलको एक तिहाई महिला सदस्य निर्वाचित हुन नसकेमा त्यस्तो दलले उपधारा १ को खण्ड ख बमोजित सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय सदस्यमा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्नेछ’ भनिएको छ ।

उपधारा १ को खण्ड क भन्नाले प्रतिनिधिसभाको प्रत्यक्षतफका १६५ सिट र ८६ को उपधारा २ को खण्ड क भन्नाले राष्ट्रियसभामा निर्वाचित भएर आउने ५६ जना हुन् भने उपधारा १ को खण्ड ख भन्नाले प्रतिनिधिसभाको समानुपातिक सिट संख्या बुझिन्छ ।
यही तर्कमा टेकेर कांग्रेसले राष्टिय सभा निर्वाचनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकमा दलहरुले पाएको सिटमा कति महिला पठाउनुपर्ने हुन्छ भन्दै आएको छ । निर्वाचन आयोगका पदाधिकारीहरु पनि कांग्रेसको तर्कमा सहमत छन् ।यही तर्कलाई बल पुर्याउनेगरी दुई दिन पहिले पूर्ब भारतीय राजदूत राकेश सूदले तर्क गर्दै दि हिन्दुमा एउटा लामो लेख लखेका छन् ।
संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य एक तिहाई हुने पर्ने सवैधानिक व्यवस्थालाई यो कुनै पनि प्राव्धानले रोक्दैन । राष्टिय सभामा अनिवार्य रुपमा २२जना महिला निर्वाचित हुन्छन् । त्यो संख्या कसैले घटाउनै सक्दैन । प्रतिनिधिसभामा समानुपातिक सिटमा कुल सदस्य संख्याको प्राप्त सिटमा दलहरुले अनिवार्य ३३ प्रतिशत महिला पठाउनु पर्दछ । जुन कुरा भर्खरै प्रदेश सभामा लागू भएको छ । एमालेले प्राप्त जम्मा सिट संख्या ७५ मा ७१ जना महिला सिफारिश गरेको छ । राष्टिय सभाको प्रतिनिधित्व देखाएर प्रतिनिधि सभामा घटाउन मिल्दैन । तर आयोगलाई यही टेकोमा अडाएर बाम गठबन्धनको सरकार बन्नबाट रोक्ने विदेशी षडयन्त्रमा आयोग लाग्नु दुर्भाग्यपूर्ण भएको एमाले सचिव प्रदीप ज्ञावलीको ठहर छ ।
सरकार गठनका लागि संविधानको धारा ७६ अनुसार बहुमत प्राप्त संसदीय दलका नेता वा दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने सक्नेछन् । र, ३० दिनभित्र विश्वासको मत दिनुपर्छ ।
यस्तो प्रष्ट व्यवस्था छ । तर आयोग जनमतको विरुद्ध अर्कैको काम गरिरहेका बाम गठवन्धनका नेताहरुले बताइरुहेका छन् ।
विश्लेषकहरुले नेपालमा यति ठूलो जनमतको पनि कहिले अख्तियार, कहिले अदालत, त कहिले निर्वाचन आयोग देखाएर अपमान गर्ने काम भइरहेको निश्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu