ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक सुरु


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ४ : २३   बजे

काठमाडौं, १९ असार।   नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहेको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । आज पनि बैठकमा नेपाल पक्ष नेताहरु सहभागी हुनुभएको छैन । दशौं महाधिवेशन आयोजक कमिटीको नाम खारेज गरेर केन्द्रीय कमिटीको नाममा बोलाइएको बैठक भन्दै नेपाल पक्ष बैठकमा सहभागी हुन अस्वीकार गरेको हो । नेपाल पक्षका नेताहरुले शुक्रबार बालुवाटारमै पुगेर अध्यक्ष ओलीलाई भेटेर बैठक एक दुई दिन स्थगित गरेर सहमति खोज्न आग्रह गरेका थिए । तर उनीहरु बालुवाटारबाट बाहिरिए लगत्तै बसेको बैठकले नेपाल पक्षका सांसदहरुलाई सोमबार साँझ ५ बजेभित्र सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसपछि झन नेपाल पक्ष झनै विच्चिएको थियो । तर, बैठक लगत्तै नेपाल पक्षसँग ओली पक्षका दोस्रो तहका नेताहरुले भेट गरेका थिए । शुक्रबार राति र शनिबार बिहानको प्रयत्न स्वरुप तर, शनिबारको बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद समेत भएको थियो । पार्टी एकतालाई बचाइराख्न दुवै तर्फका दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu