ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले केन्द्रीय कमिटी बैठकमा महासचिवको प्रस्ताव : चुनावलगत्तै दशौं महाधिवेशन


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ४ : ५८   बजे

काठमाडौं, १९ साउन  । एमाले महासचिव ईश्वर पोखरेलले आगामी वर्षको वैशाखभित्र दशौं महाधिवेशन सक्ने गरी तयारी अघि बढाउन प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकमा सांगठानिक प्रस्ताव पेश गर्दै महासचिव पोखरेलले निर्वाचनपछि आगामी बैशाखभित्र महाधिवेशनको प्रस्ताव गर्नुभएको हो ।

‘वैशाख ३०, २०७९ मा कुनै पनि हालतमा महाधिवेशन गरी सक्नुपर्छ। कानुनी रूपमा पनि छिटो गर्नुपर्ने अवस्था रहेको छ । किनभने मंसिरमा हुने चुनाव र फागुनमा स्थानीय तहको निर्वाचन छ, त्यसैले चुनाव सकिएपछि पार्टीलाई महाधिवेशन तर्फ लैजानुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले आयोजक कमिटी गठन गरी चार वटा बैठक गरेपनि अदालतको अमान्य भनेपछि विघटन गरिएको र एमालेको पूर्ववत कमिटी नै रहेको पनि प्रष्ट पार्नुभयो ।

हाल चलिरहेको बैठक एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिकै हैसियतको भएको उहाँको भनाई थियो । ‘केन्द्रीय कमिटी बैठक जेठ २ मा जुन नेतृत्व थियो त्यसैको बैठक गर्दैछौँ,’ पोखरेलले भन्नुभयो । यसैगरी पार्टीको सदस्यता नवीकरण गर्ने असार मसान्तको समयसीमा तोकिएको जानकारी पनि उहाँले दिनुभयो ।

‘साउन ५ भित्र देशभरबाट सदस्यता अधावधिक भई सक्नुपर्ने छ । विधान संसोशन प्रस्ताव असार २५ भित्र मातहत कमिटीमा पठाउने र त्यसको सुझाव साउन १५ मा केन्द्रमा पठाई सक्नुपर्ने छ,’ महासचिव पोखरेलले भन्नुभयो । महासचिवको प्रतिवेदनमा संगठनात्मक प्रस्तावमा पार्टीको विधान, महाधिवेशनदेखि, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरण लगायतका विषय समेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group