ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि : भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ७ : १५   बजे

काठमाडौं, १९ असार । नेकपा एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा महासचिव इश्वर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गर्दै सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।

यस्तै भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव गरिएको छ । विधान महाधिवेशनको लागि मुख्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । बैठकमा प्रतिनिधिसभाको चुनाव र एमालेको महाधिवेशन जुध्ने अवस्थामा महाधिवेशनलाई आउँदो बैशाखसम्म सार्न सकिने प्रस्ताव पनि पेश भएको छ ।

हिजो सहभागी नभएको माधव नेपाल पक्ष आजको बैठकमा पनि उपस्थित भएन । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबार साँझभित्र फिर्ता लिन अध्यक्ष ओलीले निर्देशन दिए पनि नेता नेपाल पक्षले भने माग पूरा नभएसम्म हस्ताक्षर फिर्ता नलिने र बैठकमा नजाने अडान लिएको छ ।

नेता नेपालले आज विघटित संसदका सांसदहरुसँग सल्लाह पनि गर्नुभएको छ । एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन नेपाल पक्षको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu