ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु एमालेका पार्टी कार्यकर्ता होइनन् – अध्यक्ष ओली


एबीसी / संवाददाता
१९ असार २०७८, शनिबार   ७ : २३   बजे

काठमाडौं, १९ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विरुद्धको मोर्चामा सामेल हुनेहरु नेकपा एमालेका कार्यकर्ता नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको नेतृत्वमा सरकार निर्माणका लागि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा हस्ताक्षर गरेका तथा सर्वोच्च अदालतको रिटमा हस्ताक्षर गरेका आफ्ना कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गर्नुभयो । उहाँले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्नुपुर्व नै आफुहरुलाई सच्याउन पनि सचेत गराउनुभयो । आफ्नै पार्टीको नेतृत्वको सरकारको विरोधमा सडकमा पुत्ला जलाउनेलाई दलको कार्यकर्ता मान्न नसकिने उल्लेख गर्नुभयो । पार्टी एकताका लागि नेतृत्व लचिलो र फराकिलो मन लिएर अघि बढ्नु भनेको आफ्नै विरुद्धको आवाज नसुन्नु नभएको भन्दै उहाँले विपक्षी दलसंग साँठगाँठ गर्नेहरु एमालेका नेता कार्यकर्ता नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “म्ुद्दाको फैसला हुँदा सम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा बैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजस्को कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतिमा भ्रम पालेर अलमलिन हुन्छ र ?”
प्रधानमन्त्री ओलीले विगतको प्रसंग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरु कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संग्लन हुनेहरु कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “कसैले तर्क फिट्यो भने तर्क फिटाईका पछाडि जानु आवश्यक छैन । कसले कारवाही गर्यो ? कसले कारवाही गरेर ? फलानोको पालोमा , फलानो नाम छँदा । यी कुराहरुको केही पनि अर्थ छैन । स्पष्ट हुन जरुरी छ । जो पार्टीमा छ जो पार्टीको पक्षमा छ, पार्टीको पक्षमा बोलिरहेको छ । जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन । त्यो नेता कार्यकर्ता होइन । यति क्लियर छैन र कुरा ? पार्टीको विरोधमा बोलेर पनि नेता कार्यकर्ता हुन्छ ? पार्टीको विरोधमा काम गरेर नेता कार्यकर्ता भईन्छ पार्टीमा ? नेता भनेको के ? नेतृत्व गर्ने मान्छे । पार्टीको पक्षमा, पार्टीको विचारको पक्षमा, पार्टीको संगठनको पक्षमा, एकताको पक्षमा, पार्टीको सुदृढीकरण र विस्तारको पक्षमा छ भने पार्टीलाई बैचारिक र सांगठनिक हिसाबले नेतृत्व गरिरहेको छ भने पार्टीको नेता हो । पार्टीलाई ढाल्ने उद्देश्यमा सक्रिय छ भने पार्टीको नेता होइन । छद्म हो भने थाहा पाएको दिन हड्छ । खुलेयाम हो भने हटेकै छ भन्ने थाहा पाए हुन्छ । ”

मान्छेबाट गल्ति हुन सक्ने र गल्तिलाई सच्याउन पनि सकिने भन्दै प्रधानमन्त्री ओलीले लामो समय सम्म पनि सच्चिन नसक्नेलाई पार्टीले आफ्नो कार्यकर्ता मान्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सप्रिएर आउन पाईन्छ । तर सप्रिने समय हामी कोही कोहीलाई लामो विमारी लाग्ला, निको हुन धेरै समय लाग्ला । निको हुन १० बर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ? त्यसकारण १० बर्ष पर्खाई हुन सक्क्तैन । ”

उहाँले सच्चिएर आए पार्टीमा रहेर काम गर्न सकिने तर ओहोदाका बार्गेनिङ्ग गरे त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी लचिला छौ । एकताको पक्षमा छौ । आव्हान गरिरहेका छौ । कुरा गरिरहेका छौ । तर सेकेर के भो ? सुमसुमाएर के भो ? कानमा एकतारे भजन कति गाईयो ? के काम ? काम लागेको छैन । त्यसकारण काम लागोस् भन्ने कामना गरेको छु ।

फराकिलो मनका साथ काम गर्ने । पार्टीमा आएर काम गर्ने हो भने ठिक छ । ओहोदाका बार्गेनिङ्ग चल्दैनन् । काम छैन । ओहोदाका बार्गेनिङ्गलाई सुन्न पर्ने आवश्यकता पनि छैन । ओहोदाका निम्ति मरिमेट्ने मान्छेले काम पनि गर्दैन । हामी जेठ २ मा गयौ साथीहरुको भनाई अनुसार । ” कारवाही फुकुवा गरि जेठ २ मा फर्किनु नेता माधव नेपाल पक्षको माग भएको र त्यो माग पुरा गरेको भन्दै उहाँले अब कुनै पनि वहानामा पार्टीका क्रियाकलापहरु नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टी गतिशिल ढंगले अघि बढ्नुपर्ने र त्यही अनुसार नै बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group