ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार

प्रधानन्यायाधीशले सोधे–‘अदालतले १ सय ४६ लाई आधार मान भन्न मिल्छ र ?’ सभामुखका वकिलको हिृप लाग्दैन’


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   १ : ३४   बजे

काठमाडौं, २० असार ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा आएर सनाखत गराएको अवस्थामा १ सय ४६ जना सांसदको हस्ताक्षरलाई आधार मान भन्न मिल्छ र भनेर प्रश्न गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा पक्षबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई जबराले सोधे–‘अदालतले अब १ सय ४६ जनाको हस्ताक्षरलाई नै आधार मान भन्न मिल्छ र ? एकसय ४६ जना उपस्थित भएपछि प्रमाणीकरण गर्नुपर्छ भन्ने कुरा हिजो, अस्ति पनि बहसमा आयो, १४६ जनाले समर्थन गरेको नेतालाई बनाउ भनेर, यो प्राक्टिस (अभ्यास) गर्दा राम्रो हुन्छ ?’ अधिवक्ता पोखरेलले धारा ७६ (५)मा ह्विप लाग्ने व्यवस्था नरहेको जिकिर गर्दै भन्नुभयो –‘ संविधानमा धारा ७६ (५) मा हिृप लाग्छ भनेर लेखेको छैन ।’

विकल्प रहेसम्म हाउस विघटन गर्न नदिने भनेर नै धारा ७६ (५) राखिएको ब्याख्या गरेपछि अधिवक्ता पोखरेललाई प्रधानन्यायाधीशले फेरि सोधे–‘त्यसपछिको परिणाम बन्दिनुस् न, फेरि पनि सरकार बनेन भने के हुन्छ, सरकार बन्न सक्ने अवस्थासम्म होला विघटन गर्न नपाउने, बन्न नसकेको अवस्थामा त विघटन हुने हैन र ? इजलासबाट अर्का न्यायाधीशले सोधे–‘धारा ७६ ९५० मा उपधारा २ बमोजिमको सदस्य भनेको छ, त्यसको अर्थ के ? (२) बमोजिम कुनै सदस्य भनेको को ?

अधिवक्ता पोखरेलले ७६ (५) मा उपधारा २ बमोजिम मात्रै नभनेको उल्लेख गर्दै भने–‘७६ (३) र (४) बमोजिम विश्वासको मत लिन नसकेमा र उपधारा (२) मा आधार प्रस्तुत गरेमा भन्ने शब्द पनि छ ।’ पोखरेललाई प्रधानन्यायाधीश जबराले फेरि सोधे–‘ उपधारा (५) को सदस्य भन्या त प्रतिनिधिसभाको सदस्य हैन रु दलले विश्वास गरेको सदस्य भनेर ७६ (२) ले त भन्या छ नि हैन ? सदस्य त सदस्य नै हो, तर, उपधारा ५ मा पनि (२) को भनेर लेख्या हुनले के हो यो भन्या क्या ?’ जवाफमा पोखरेलले भने–‘७६ (५) ले भन्न खोज्या पनि उपधारा–२ नै हो भने (५) किन राख्नुपर्यो ? यो फरक हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group