ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति गर्न अरू धेरै एजेन्डा छन्, राहत र पुनर्स्थापनामा सरकारले राजनीति गर्दैन– मन्त्री पौडेल


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   ३ : ५१   बजे

काठमाडौं, २० असार । गृह मन्त्री विष्णु पौडेलले विपदमा परेकाको राहत, उद्धार र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने बताउनुभएको छ । आइतवार राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै गृह मन्त्री पौडेलले मनसुनजन्य विपदमा परेकाको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो ।

राजनीतिका लागि अन्य कैयौँ एजेन्डा भएको भन्दै उहाँले मानवीय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पार्नुभएको हो । विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र पालिकाको सरकारबीच प्रभावकारी समन्वय भएको उहाँले बताउनुभयो । विपदमा परेकाहरूलाई राहत दिन चाहने व्यक्तिहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने गरी एकद्वार प्रणाली लागू गरिएको पनि मन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सङ्घीय सरकारको तर्फबाट गर्नुपर्ने प्रयास गरिरहेका छौँ र प्रादेशिक सरकार र पालिकासँगको समन्वयलाई पनि प्रभावकारी रूपले अगाडि बढाएका छौँ । राहतमा, पुनर्स्थापनामा राजनीति भयो कि भन्ने यहाँहरूले टिप्पणी गर्नुभएको छ । म स्पष्ट गर्न चाहन्छु सरकार मानवीय प्रश्नमा राजनीति गर्न चाहँदैन । राजनीति गर्नका लागि अरू धेरै एजेन्डा छन् । मानवीय प्रश्नमा, राहत, उद्धारको प्रश्नमा, पुनर्स्थापनाको प्रश्नमा, विपद् जोखिम न्यूनीकरण गर्ने प्रश्नमा सरकार राजनीति गर्दैन । बरु राहत, सहुलियतको नाममा विभिन्न ढङ्गले भएका सहयोग सङ्गठित गर्ने सेलिब्रेटी स्टाइलमा केही–केही ठाउँमा प्रकट हुने गरेका छन् । अब सरकारको तर्फबाट हुने राहतलाई, सहयोगलाई हामी केन्द्रिकृत र एकीकृत योजना अन्तर्गत वितरण गर्छौँ । स्वेच्छिक रूपमा सहभागी हुन चाहनेहरूलाई पनि वान डोर सिस्टमबाट जिल्लाको सीडीओ कार्यालयमार्फत् वितरण गर्ने प्रणाली विकसित गरेका छौँ । सरकार प्यासिभ होइन एक्टिभ छ ।’

गृह मन्त्री पौडेलले वर्षाका कारण पहिरो जान सक्ने र सडक बन्द हुन सक्ने सम्भावना भएका ठाउँको नजिकमा मानवीय तथा अन्य आवश्यक स्रोत, साधनको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले सडक सञ्चालन गर्न र मानिसको आवतजावतलाई सहज तुल्याउन सरकार केन्द्रित भएर लागेको बताउनुभयो । मन्त्री पौडेलले बाढी प्रभावितको पुनस्र्थापनाका निम्ति बजेटको अभाव नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जुन प्रकारको बाढीका कारणले, वर्षाका कारणले समस्या भएको छ, त्यसमा राहतको, पुनर्स्थापनाको, बाढी नियन्त्रणको प्रश्नमा बजेटको स्रोतको अभाव हुँदैन । हुन दिइँदैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । कुनै पनि ठाउँको समस्या व्यवस्थापनका निम्ति, समाधानका निम्ति कुनै पनि हिसाबले हामी समस्या हुन दिँदैनौँ ।’ राष्ट्रिय सभाको अर्को बैठक सोमवा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu