ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिट निवेदकका वकिललाई संवैधानिक इजलासको ६ प्रश्न


एबीसी / संवाददाता
२० असार २०७८, आइतबार   ५ : ३१   बजे

काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बहस सुरु गर्नुअघि इजलासले ६ वटा प्रश्न अघि सारेको छ ।
न्यायाधीश ईश्वर खतिवडाले सरकारी पक्षको तर्फबाट भएको बहसमा आएका विषयबाहेक पाँच प्रश्न गर्नुभयो , जसमध्ये तीन वटा प्रक्रियासँग सम्वन्धित छन् । यस्तै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले पनि एउटा प्रश्न गर्नुभएको छ ।

न्यायाधीश खतिवडाले सोधेको पाँच प्रश्न यस्ता छन्

संविधानको धारा ७६(५) बमोजिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिसमक्ष दाबी पत्र पेश गर्न गएको कागज रीतपूर्वकको छैन । टिपेक्स लगाएको छ, काटकुट गरिएको छ र कानुनी रीत पुगेको छैन । जाली किसिमको छ, अर्कै प्रयोजनका लागि तयार भएको कागज त्यहाँ पेश भएको छ ।

यहाँ निवेदक १४६ जना भनेर आयो, निवेदनमा ५ जनाले मात्र सही गरेको छ । यो कुन कानूनले बर्जित गर्छ ? यो निवेदन नै रीतपूर्वक परेको थिएन, यस्तो निवेदनमा सुनुवाइ हुनु पर्ने नै होइन, यो त खारेज गर्नुपर्छ ।

संवैधानिक इजलास गठनबारे संविधानको धारा १३७ उपधारा २ अनुसारको अवस्थाको विवाद होइन, उपधारा ३ अनुसारको विवनद निरुपणका लागि निर्धारित जुन प्रक्रियाहरु थिए, त्यसलाई पुरा गरिएको छैन ।
संविधानको धारा ७६(५) को जस्तो निवेदक पक्षबाट व्याख्या प्रस्तुत भएको छ, त्यो ढंगले प्रयोग गर्ने हो भने निर्दलीयता व्यवस्था हुन्छ ।

अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ?प्रधानमन्त्री नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । अदालतमा आएर प्रधानमन्त्री माग्नु त भएन नि ।

सरकारी पक्षबाट आएका यस्ता मतबारे उनले रिट निवेदकको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुको जवाफ मागेका छन् । त्यस्तै प्रधानन्यायाधीश जबराले निवेदकको दावी अनुसार रिट जारी गरे संविधानले परिकल्पना गरेको बहुलवादमा आधारिक बहुदलीय शासन व्यवस्था क्षतविक्षत हुन्न र भनी प्रश्न गर्नुभयो ।

‘अहिले जुन निवेदकको दाबी छ, यो होलसोल फिगरलाई हेर्दा बहुलवादमा आधारित बहुदलीय व्यवस्था भनेर सविधानको आधार स्तम्भ छ । तपाईंको निवेदनलाई मान्यता दियो भने दलहरुलाई क्षतविक्षत बनाएर संविधानलाई अझ विकृत बनाउनु जस्तो हुँदैन र ?’ उहाँलेले रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नुअघि प्रश्न गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu