ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने, मस्यौदा तयार


एबीसी / संवाददाता
२२ असार २०७८, मंगलबार   ९ : ३६   बजे

काठमाडौँ, २२ असार । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने हुनुभएको छ । उहाँहरूले एमाले विवाद मिलेको संकेत दिनेगरी विज्ञप्ति जारी गर्न लाग्नुभएको हो ।

उहाँहरूले जारी गर्ने विज्ञप्तिको मस्यौदामा दोस्रो तहका नेता सम्मिल कार्यदलमा सहमति समेत जुटेको छ । सोही सहमतिको आधारमा तयार भएको विज्ञप्तिको मस्यौदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई इमेल मार्फत पठाइएको छ भने कार्यदलका सदस्यले पनि बुझाएका छन ।

ओली र नेपाल दुबैको सहमतिमा बनेको कार्यदलले गरेको सहमति स्वीकार गर्ने विषयमा यसअघि दुबै नेताले सहमति जनाएका छन । कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि राष्ट्रियसभा निर्वाचनमा नेपाल समूहले एमाले हराएपछि निष्क्रिय भएको कार्यदल पुनः सोमबारबाट सक्रिय भएको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा तयार गरी दुवै नेतालाई पठाएको हो । योसँगै एमाले दुर्घटनाको मुखबाट फर्किएको छ ।

कार्यदलले यसअघि भएका अनौपचारिक छलफलमा उठेका र सहमति भएका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय भएको कार्यदलका सदस्य पार्टीका सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । उहाँले अघि भन्नुभयो, ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ ।’

कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ । कार्यदलको बैठक मंगलबार १ बजे पुनः बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group