ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कार्यदलको आज पनि बैठक, मिलनविन्दु खोज्ने प्रयास


एबीसी / संवाददाता
२४ असार २०७८, बिहिबार   १२ : ०१   बजे

काठमाडौं, २४ असार ।  नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको कार्यदल बैठक आज पनि बस्दैछ । सिंहदरवारमा केहीवेरपछि बस्ने बैठकले सहमतिको थप प्रयास गर्ने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।हिजो बुधबार साँझ भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको एक्लाएक्लै र सामुहिक संवादपछि वातावरण थप सकारात्मक बनेको विश्वास पलाएका बेला कार्यदल स्तरमा आज सहमतिको प्रयास गर्न लागिएको नेता पाण्डेले बताउनुभयो ।आन्तरिक विवाद मिलाउनेक्रममा दुवै पक्षका आफ्ना अडान र रिजर्वेसन रहेकाले त्यसमा मिलनविन्दु खोज्न केही समय लागेको हो नेता पाण्डेले भन्नुभयो, “आजको बैठकमा विषयकेन्द्रित छलफल हुन्छ, सकेसम्म सहमतिको वातावरण बनाउने हाम्रो कोसिस रहन्छ ।”
कार्यदलले सहमतिको मस्यौदा तयार गरेको बताए पनि त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच सहमति बन्न सकेको छैन । दुवै नेताको अडान र चासोको विषयलाई लिएर आज पुनः कार्यदलमा गृहकार्य गरेर सहमतिका लागि अध्यक्ष र नेता नेपालबीच छलफल गराउने तयारी कार्यदलको रहेको नेता पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group