ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवालाई दिएको समर्थन कायम छैन : विष्णु पौडेल


एबीसी / संवाददाता
२८ असार २०७८, सोमबार   १० : ३१   बजे

काठमाडौं, २८ असार ।   एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।

कार्यदलको सहमतिको प्रस्ताव आएलगत्तै नेता नेपालले प्रतिनिधिसभा विघटन र मुद्दाका सन्दर्भमा आफ्नो सहमति नरहेको बताएका छन् । यसै सन्दर्भमा उपप्रधानमन्त्री एवं एमाले विवाद समाधान कार्यदल सदस्य विष्णु पौडेलसँग गरिएको कुराकानी ।

लामो समयदेखि एमालेमा विवाद थियो, अब समाधान भएको हो ?

एमालेभित्र उत्पन्न समस्या र विवाद आजदेखि आमरूपमा र आधारभूत रूपमा समाधान भएको छ । अब एमाले एकताबद्ध भएर अघि बढ्छ ।

यो सहमति कार्यदलस्तरमा भएको हो तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले मान्नुहुन्छ त ?

हामीले कार्यदलमा सहमति गरिरहँदा अध्यक्ष केपी शर्मा ओली र कमरेड माधव नेपाललाई पनि विश्वासमा लिएर गरेका हौं । त्यसैले यो सहमति कार्यान्वयन हुन्छ ।

सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला हुने सम्भावना छ । फैसलाअघि हस्ताक्षर फिर्ता गर्नुपर्ने तपाईंहरूको अडान थियो तर यसबारे सहमतिमा स्पष्ट केही भनिएको छैन । ती हस्ताक्षर कायम छन् कि फिर्ता भएका हुन् ?

एमाले एकताबद्ध भइसकेपछि र एमालेभित्रका सबै समस्यालाई आन्तरिक रूपमा समाधान गर्ने बिन्दुमा पुगिसकेपछि अब हिजो विमति र असहमतिका बेलामा गरिएका सबै कामकारबाही स्वतः निष्प्रभावी हुनेछन् । त्यसखालका कामकारबाहीबाट सिंगो नेकपा एमाले अलग हुन्छ । हिजो गरिएको हस्ताक्षरको प्रयोजन अब सकिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति हाम्रा केही सदस्यले गर्नुभएको हस्ताक्षर एकतापूर्वको विमति, असहमतिको हस्ताक्षर थियो । हामी एकताबद्ध भएका छौं, अब त्यो हस्ताक्षर प्रयोजनहीन भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गर्नुभएको हस्ताक्षर अब कायम छैन । देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा अब उहाँहरूको हस्ताक्षर प्रयोग हुन सक्दैन ।

१० बुँदे सहमति त बाहिरी मात्र हो । यसभित्र ओली र नेपालबीचको शक्ति सन्तुलन र पद बाँडफाँटसम्मका भित्री सहमति छन् भन्ने छ नि  ?

यो गलत कुरा हो । एमालेभित्र शक्ति सन्तुलनको अभ्यास हुँदै छ भनेर जे प्रचार गरिन्छ, त्यो सच्चाइ होइन । हामी सबै जना पार्टीको वैधानिक व्यवस्थाअनुसार पार्टीलाई सुदृढ गर्न अघि बढ्छौं । कुनै अमूक नेतालाई अमूक पदका निम्ति प्रयासरत भनेर टिप्पणी गरेको सुनिन्छ, त्यसलाई म स्वाभाविक मान्दिनँ । त्यस्ता टिप्पणीले हाम्रा नेताहरूलाई अपमानित मात्र गर्छ । कुनै पनि नेता कुनै पद र शक्ति प्राप्तिका निम्ति प्रयासरत र शक्ति सन्तुलनको खोजीमा हुनुहुन्छ भन्ने जे टिप्पणी हुने गरेको छ, त्यो गलत कुरा हो । त्यस खालको स्थितिमा एमाले छैन ।

अदालतको फैसलापछि उत्पन्न हुने घटनाक्रमहरूमा एमाले अब एकढिक्का हुन्छ त  ?

एमाले एकढिक्का भएर अघि बढ्छ । अब विगतको जस्तो अवस्था रहँदैन ।

विगतमा सरकारविरुद्ध नै एउटा समूह उभिएको थियो नि  ?

सिंगो एमाले र सिंगो संसदीय दल केपी ओलीको निरन्तरताको पक्षमा एकताबद्ध भएर अघि बढ्छ ।

कार्यदलमा भएको सहमतिको वैधानिकता कहिले, कसरी प्राप्त हुन्छ ?

हामी भोलि ९सोमबार० नै स्थायी कमिटी बैठक बस्छौं । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छौं । कार्यदलका सिफारिसलाई कमिटी बैठकबाट अनुमोदन गर्छौं ।

स्थायी कमिटीको अबको बैठक माधव नेपाल र रामबहादुर थापासहितका नेताहरूको संलग्नतामा हुन्छ  ?

हो, उहाँहरूसहितको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group