ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फौजदारी र देवानी संहिता कार्यान्वयनमा छौ – प्रधानन्यायाधीश


sharan sharan
१६ पुस २०७४, आइतबार   ३ : ४२   बजे

काठमाडौं१६ पुस ।प्रधानन्यायाधीश गोपाल पराजुलीले नयाँ परिवर्तनका साथ आएका नयाँ कानुनहरु र त्यसभित्रको परिवर्तनलाई जोगाउने दायित्व न्यायपालिकाको काँधमा रहेको बताएका छन्।

 

राष्ट्रिय न्यायिक प्रतिष्ठानले आयोजना गरेको अपराध संहिता तथा देवानी संहितासम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले राज्यको पुनर्संरचनापछि आएका नयाँ कानुनको कार्यान्वयनका लागि तयारी अवस्थामा रहेको बताए। प्रधानन्यायाधीश पराजुलीले फौजदारी र देवानी संहिता संहिता आफैंमा नयाँ कुरा नभएर समाजको परिवर्तनसँग आएका नविनतम विषय भएकाले तिनीहरुको कार्यान्वयनका लागि ज्ञानमा वृद्धि गर्न आवश्यक रहेको औंल्याए।

हाल प्रचलित मुलुकी ऐनलाई विस्थापित गर्दै आउँदो वर्षको भदौ १ गतेदेखिे फौजदारी र देवानी संहिता कार्यान्वयनमा आउँदै छन्।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले अहिलेसम्म अभ्यासमा रहेको मुलुकी ऐन र यसमा नभएका धेरै नयाँ विषय संहिताले समेटेको बताए। संहिताको प्रमाणीकरण भएपछि यसको सफल कार्यान्वयनमा लैजाने विषयमा अन्यौल देखिए पनि सबै पक्षको छलफलपछि कार्यान्वयनका लागि तयारी अवस्थामा पुगेको बताए।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले न्यायसम्पादन, अनुसन्धानकर्ताको सूक्ष्म अनुसन्धान, र अभियोजनकर्ताको महान विष्लेषणबाट अगाडी बढ्ने भएकाले नयाँ संहिता सम्बन्धी ज्ञान बृहत् बनाउनु जरुरी रहेको बताए।

प्रशिक्षणमा उच्च, जिल्ला अदालत तहका न्यायाधीश, सहरजिष्ट्रार (सहसचिव) तथा उपरजिष्ट्रार (उपसचिवंं) गरी ५४ जना सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group