ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किरिया खर्चसहित मजदुरको शव तीन दिनपछि आफन्तलाई जिम्मा


एबीसी / संवाददाता
८ श्रावण २०७८, शुक्रबार   ९ : ०६   बजे

बलेवा , ८ साउन ।  यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।

परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भन्नुभयोे, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।”

रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताउनुभयो ।

शव परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group