ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा


एबीसी / संवाददाता
१० श्रावण २०७८, आइतबार   २ : १७   बजे

अष्ट्रेलिया । अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।

सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गर्नुभएको छ । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो । मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उहाँले बताउनुभयो । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताउनुभएको छ ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।अतिसङ्क्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu