ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा, ३६ करोड जुट्ने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ७ : ०५   बजे

काठमाडौँ । भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिको उद्धार, राहत र पुनःस्थापनाका साथै अत्यावश्यक पूर्वाधार पुनःसञ्चालनका लागि सरकारले राष्ट्रसेवक कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको सचिवस्तरीय बैठकले कर्मचारीको तहअनुसार दुई दिनदेखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार राजपत्राङ्कित प्रथम तथा विशिष्ट श्रेणीका कर्मचारीको १० दिन, राजपत्राङ्कित द्वितीय तथा तृतीय श्रेणी वा सोसरहका कर्मचारीको सात दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिनको तलब कट्टा गरिनेछ।

उक्त रकम कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

३६ करोड रुपैयाँ जुट्ने अनुमान

सबै तहका राष्ट्रसेवक कर्मचारीको तलब कट्टा गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयमार्फत कट्टा भएको रकम कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःसञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै मन्त्रालय तथा निकायले उपलब्ध स्रोतसाधन परिचालन गर्नुपर्ने, आवश्यकताअनुसार सार्वजनिक बिदाका दिनसमेत कर्मचारीलाई कार्यालयमा उपस्थित गराउनुपर्ने निर्णय गरिएको छ।

त्यस्तै, अत्यावश्यक कामबाहेक कर्मचारीलाई काजमा नखटाउने र बिदासमेत स्वीकृत नगर्ने निर्णय भएको छ।

गोरखापत्रका कर्मचारीको दुई दिनको तलब योगदान

यसैबीच, गोरखापत्र संस्थानले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्थायी कर्मचारीको दुई दिनको तलब बराबरको रकम योगदान गर्ने निर्णय गरेको छ।

संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलका अनुसार स्थायी कर्मचारीको एक दिनको तलब बराबर दुई लाख ७४ हजार ८९० रुपैयाँ हुन्छ। यसअनुसार दुई दिनको तलबबापत करिब पाँच लाख ४९ हजार ७८० रुपैयाँ कोषमा जम्मा गरिनेछ।

गोरखापत्र संस्थानमा हाल २१० जना स्थायी कर्मचारी कार्यरत छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

भोटेकोसी बाढीको आर्थिक क्षतिको विस्तृत अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

माथिल्लो त्रिशूली–१ आयोजनाको क्याम्पमा रहेका ३१ जना सेनाको सम्पर्कमा, ७ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu