ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमला वलीको खुलाशा : ५ दिनसम्म मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखे, मौका हेरेर ट्वाइलेटको चप्पल लगाएर भागें


एबीसी / संवाददाता
२१ श्रावण २०७८, बिहिबार   ३ : ५२   बजे

कठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । आज बुटवलमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद वली माओवादीमै सक्रिय रहेको जानकारी दिएको छ । साउन १५ गतेदेखि उनी सार्वजनिक कार्यक्रममा नदेखिएको बताइएको छ । पत्रकार सम्मेलनमा वलीले गत साउन १६ देखि २० गतेसम्म आफू मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताउनुभयो ।

‘मुख्यमन्त्री शंकर पोखरेलसँग भेट भई छलफल सुरू भयो। फेरि उही दवाव सुरू भयो नेकपा एमालेमा आउनुप¥यो। पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहेँ। साउन १६, १७, १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें,’ वलीले प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइन्युटजस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो।’

२० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएपछि मुख्यमन्त्री निवासको ट्वाइलेटको चप्पल लगाएर माओवादी संसदीय कार्यालय पुगेको पनि वलीले बताउनुभयो । यसअघि सांसद वली नेकपा एमालेमा क्रियाशील रहेको विज्ञप्ति आएको थियो। तर उहाँले आफूलाई साउन १८ मा विज्ञप्ति पढ्न नदिई त्यसै जारी गरिएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group