ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जादै छन् वाम गठवन्धन निर्वाचन आयोग ?


sharan sharan
१७ पुस २०७४, सोमबार   १२ : २४   बजे

काठमाडौं ,१७ पुस । मंसिर १० र २१ गते सम्पन्न निर्वाचन पछि प्रतिनिधिसभातर्फको समानुपातिक सांसद सिफारिस गर्न तथा नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको आयोगलाई वाम गठबन्धनले कार्यालय पुगेर ध्यानाकर्षण गराउने भएको छ।

आज दिउँसो ३ बजे निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले निर्वाचन सम्बन्धी विषयमा छलफल गर्ने एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

आयोगले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोकिए पनि सम्पन्न गर्न एक महिनाको समय लाग्ने भन्दै आएको छ। राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक नभएसम्म समानुपातिक सूची सार्वजनिक गर्न संविधानले बाधा गर्ने दाबी आयोगको छ। तर एमाले भने बहुमत प्राप्त दलले तत्काल सरकार बनाउन पाउनुपर्ने मागमा छ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि सरकार छोड्नका लागि संसद पूर्ण हुनुपर्ने भन्दै आएको छ। संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद भनिएको छ। संविधाने उक्त व्यवस्था पालना हुनुपर्ने सरकारको जिकिर छ।

लामो समय राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालय रोकिँदा सरकारले निर्वाचनको मिति तोक्न सकेको थिएन। अध्यादेश जारी भए पनि सरकार मिति तोक्ने आन्तरिक तयारीमा मात्र जुटेको छ। आयोगले भने राष्ट्रियसभाको निर्वाचन गर्न दल दर्ता आह्वान भने गरिसकेको छ।

सरकारले निर्वाचनको मिति तोकेपछि आयोगले एक महिनाको अवधि लिँदै प्रत्येक प्रदेशमा अलगअलग राष्ट्रियसभा निर्वाचन गर्ने तयारी गरेको छ। संविधानले निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group