ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय अस्पतालमा बन्धक बनाइएका झापाका शिशुको उद्धार


एबीसी / संवाददाता
२५ श्रावण २०७८, सोमबार   १ : ०७   बजे

झापा, साउन २५ / उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उद्धार गरेर नेपाल ल्याइएको छ।

उनलाई आइतबार उद्धार गरिएको हो। आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो।

शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो।

अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ।

बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आइसियु कक्षा नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो। सिलिगुडीको अस्पतालले उपचारमा लागेको रु छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो।

अस्पतालले उपचारमा रु चार लाख ६८ हजार र औषधितर्फ रु एक लाख ३२ हजार ८०० बिल देखाएको छ। शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म रु दुई लाख ८८ हजार बुझाइसकेको बताइन्।

अब सो अस्पताललाई रु तीन लाख १२ हजार बुझाउन बाँकी छ। ‘चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्‍यौं। तर अस्पतालले मानेन,’ शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार काजीले भने, ‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ।’

उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताए।

अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उनले बताए।

अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो। शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ।

गरिबीले नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन। शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेकी छन्।

भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा रु ५० हजार खर्च भएको उनले बताए। अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको रु दुई लाख ८८ हजारमध्ये रु ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group