काठमाडौँ, भदौ १७ गते । रसुवालगायत बाढी प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारसम्म राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ । जसमध्ये मंगलबार मात्रै कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपियाँ निकासा गरिएको थियो । निकासा भएको रकममध्ये छ करोड ७५ लाख रुपियाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहमा पठाइसकिएको प्रधानमन्त्री शाहले बताउनुभयो । कोषमा हाल छ अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ मौज्दात रहेको छ । त्यस्तै, कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको जनाइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्