ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा


एबीसी / संवाददाता
४ भदौ २०७८, शुक्रबार   ७ : ३७   बजे

काठमाडौं । लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो ।

पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ ।

यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कँुवर र भुपेन्द्र कुँवरको घर पहिराको जोखिममा रहेका हुन् । साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिराको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कँुवरले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ । विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu