ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टरनेट सेवामा समस्या देखिएपछि सार्वजनिक निकाय र बैंकको सेवा ठप्प


एबीसी / संवाददाता
२० भदौ २०७८, आइतबार   ३ : ०१   बजे

म्याग्दी, २० भदौ :
इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ ।

पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर पहिराले चुँडाएकाले इन्टरनेटको सहायताले प्रदान गरिने सेवा ठप्प बनेको हो । मेघा बैंकको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले पहिराका कारण सर्भर र इन्टरनेटको सम्पर्क विच्छेद भएकाले सेवा ठप्प भएको बताउनुभयो ।

चेक, विद्युतीय माध्यम र एटिएममार्फत हुने भुक्तानी, बचतको काम नहुँदा सर्वसाधारण, व्यवसायीलाई आर्थिक कारोवारमा समस्या भएको छ । जिल्ला प्रशासन, मालपोतलगायत अन्य सरकारी कार्यालयको सेवा पनि सर्वरको समस्याका कारण ठप्प भएको कर्मचारीले बताएका छन् । म्याग्दीमा विभिन्न बैंकका ३० भन्दा बढी शाखा छन् ।

नेपाल टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले पहिराले क्षति पु¥याएको फाइबरमर्मत गरेर आज साँझसम्म इन्टरनेट सेवा सूचारु गराउन प्रयास भइरहेको बताउनुभयो । बिहीबार रातिदेखि म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वत जिल्लामा सडक, सञ्चार र विद्युत् सम्पर्क विच्छेद भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाका अनुसार पर्वतस्थित मोदी र तल्लो मोदी जलविद्युत् आयोजनाको बीचमा रहेको १३२ केभी क्षमताको टावर ढलेपछि अवरुद्ध बनेको विद्युत् सुविधा वैकल्पिक पोल बनाएर आपूर्ति गराउन थालिएको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला, १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् ।

म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै काठमाडौँलगायत देशका विभिन्न सहर जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक शुक्रबारदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धौलागिरि क्षेत्र बाहिरका अस्पतालमा पु¥याउन हेलिकप्टर चार्टर गरेका छन् । पहिरोमा परेर पर्वतमा १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu