ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी


एबीसी / संवाददाता
२३ भदौ २०७८, बुधबार   ८ : ०१   बजे

काठमाडौं । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताउनुहुन्छ । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको राससलाई जानकारी दिनुभयो ।

तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उहाँ विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आउनुभएको छ । सन् २०१३ देखि एनआरएनएमा आबद्ध उहाँले यसअगावै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ । डा पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत हुनुभएको छ । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र आबद्ध हुनुहुन्छ । डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा परिचित हुनुहुन्छ ।

डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडाँै मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । डा पौडेलको अमेरिकामा चिकित्सा साथ साथै होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group