ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरको बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढ्यो


एबीसी / संवाददाता
२३ भदौ २०७८, बुधबार   ८ : २०   बजे

ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो ।

कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छाँै ।” मन्दिर पुनःनिर्माणमा कुल रु चार करोड ४१ हजार रकम खर्च हुने अनुमान गरिएकाले दाताबाट रकम सङ्कलन गरी सम्पन्न गर्ने भएको महर्जनले जानकारी गराउनुभयो ।

सो मन्दिर ठेक्कामा निर्माण गर्न दिँदा गुणस्तर कमी हुने भएसँगै समितिमार्फत अघि बढेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटनमा शक्तिपीठका रूपमा पूजिने अष्टमातृकाका मन्दिरमध्ये यो दशैँका बेला सबैभन्दा बढी पूजापाठ हुने र प्रत्येक वर्षको घोडेजात्रासमेत यही मन्दिर भएर सुरुआत गरिन्छ ।” प्यागोडाअर्थात् छाने शैलीमा निर्माण भएको उक्त तीन तले मन्दिरका कयौँ पुराना साम्रगी पुनः प्रयोग गर्न मिल्ने हुँदा १८ महिनाभित्र काम सम्पन्न गर्न समय तोकिएको महर्जनले जानकारी गराउनुभयो ।

नेपाल संवत ७४२ मा सिद्धिनरसिंह मल्लको पालामा सो मन्दिर मात्र एक तले पुनःनिर्माण भएको थियो र पछि फेरि योगनरेन्द्र मल्लको पाला नेसं ८१७ मा दुई तला थपी गरी तीन तला बनाइएको शिलालेखमा उल्लेख छ । पाटनका कृष्ण, तलेजु, भीमसेन, कुम्भेश्वर, बङगलामुखी, महालक्ष्मी स्थानको महालक्ष्मी, बटुक भैरव, रातो मच्छिन्द्रनाथ, मीननाथ, पूर्णचण्डी अर्थात सिद्धिलक्ष्मी र महाबौद्धमध्ये बालकुमारी मन्दिर पनि एक प्रमुख मठमन्दिर भित्र पर्दछ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरैमन्दिरको नगरीका रूपमा पाटन नगर नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन शहरमध्ये सबैभन्दा पुरानो शहर पनि हो । विसं २०६२ मङ्सिर २७ गते सो मन्दिरको टायल झिकी तामाको छाना छाइएको वडाध्यक्ष हेम महर्जनले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu