ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोँबीच वार्ता हुने


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ७ : ५५   बजे

पेरिस । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताउनुभएको छ ।

यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो । अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बौं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् । प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भन्नुभयो, “आगामी दिनमा फोनवार्ता हुनेछ ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उहाँले बताउनुभयो । म्याक्रोँले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्नुहुनेछ । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ ।

“हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भन्नुभयो । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group