ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ३५   बजे

काठमाडौं । दक्षिण कोरियाले नेपालमा हालै आएको विनाशकारी विपद्बाट ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल र नेपाली जनतासँग ऐक्यबद्ध रहेको जनाएको छ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको टेलिफोन वार्ताका क्रममा दक्षिण कोरियाले विपद्बाट प्रभावित नेपाली जनताप्रति सहानुभूति र समर्थन व्यक्त गरेको हो।

वार्ताका क्रममा नेपालमा पछिल्लो समय उत्पन्न विपद्को अवस्था, प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा छलफल भएको बताइएको छ।

परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दक्षिण कोरियाली समकक्षीलाई गराएका छन्।

उनले प्रभावित नागरिकको जीवनरक्षा, सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिको खोजी र उद्धार तथा आवश्यक राहत उपलब्ध गराउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

विपद्को चुनौतीपूर्ण अवस्थामा नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको पनि वार्ताका क्रममा जानकारी गराइएको छ।

दक्षिण कोरियाको ऐक्यबद्धता

दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित नेपाली नागरिकप्रति दक्षिण कोरियाको साथ र समर्थन निरन्तर रहने बताएका छन्।

दुई देशका परराष्ट्रमन्त्रीबीच भएको वार्तामा विपद्पछिको मानवीय अवस्था र प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने विषयमा समेत छलफल भएको जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

CBC Directs Staff To Avoid Labeling 9/11 Attacks As ‘Terrorism’

Nepal Prime Minister Updates on Flood Rescue and Relief Efforts

Nepal Flash Floods Claim 359 Lives, Hundreds Remain Missing

Nepal Establishes Emergency Team To Aid Foreign Nationals After Deadly Floods

Nepal Army Airlifts Hundreds After Bhotekoshi River Flash Flood

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu