ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपावलीका कारण नयाँ दिल्लीको वायु प्रदूषण खतरनाक स्तरमा


एबीसी / संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार   ५ : ०३   बजे

काठमाडौं । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । दिल्ली आसपासका राज्यमा पराल जलाउ“दा र दीपावलीमा भएको आतिशबाजीका कारण वायु प्रदूषण बढेको हो ।

आज औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेको छ । तर, दिल्लीका कैयौं इलाका ‘जोखिमपूर्ण क्षेत्र’ रेड जोन बन्न पुगेका छन् । बिहान दिल्लीका दुई स्थानमा वायु गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स ७ सय पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् । शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।

वायु प्रदूषण बढेसँगै दिल्लीका कयौं स्थानमा भिजिबिलिटी कम भएको छ । दिल्लीको आकाशमा रहेको धुवाँ अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एन्ड इन्भाइरोन्मेन्टले जनाएको छ । केही दिनदेखि दिल्लीको वायु निकै खराब बनेसँगै मानिसले विभिन्न समस्या भोग्न थालेका छन् । विज्ञहरूले वायुमण्डलमा रहेको प्रदूषित धुवा“का कारण आपतकाल जस्तै अवस्था सिर्जना भएको भन्दै तत्काल कदम चाल्न सरकारस“ग आग्रह गरेका छन् । वायु प्रदूषण हुनुमा मुख्य कारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu