ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नतोकिने भए प्रदेश राजधानी , प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने सरकारको तयारी


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   १० : ३८   बजे

काठमाडौं, २२ पुस । सरकारले अस्थायी राजधानी नतोकिकन प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तर अस्थायी राजधानी भने नतोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए।

अस्थायी राजधानीको विषयमा जिल्ला जिल्लामा विवाद बढ्दै गएपछि सरकार पूर्व तयारीबाट पछि हटेको छ। संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले बताए । संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ ।

संविधानमा तोक्न सक्नेछ मात्रै भनेको, तर तोक्नैपर्ने अनिवार्य नभए पछि सरकाले उक्त निर्णय गर्न बाट पछि हटेको हो । यसअघि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि बिभिन्न ठाउँमा आन्दोलन हुन थालेपछि सरकार पछि हटेको   छ ।

एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो भने मन्त्री विश्वकर्माका अनुसार हाललाई सातवटै प्रदेश प्रमुखहरुको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी गरेको सकारले जनाएको छ ।

प्रदेशसभाका सांसदहरुले काठमाडौंमै शपथ ग्रहण गर्नेछन् । सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेशसभाको बैठक काठमाडौंमै बस्ने र प्रदेशसभाले नै राजधानी तोक्नेगरी सरकारले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu