ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मतपरिणाम : ठूलो मतान्तरमा थापा विजयी


एबीसी / संवाददाता
१ पुस २०७८, बिहिबार   ३ : ४७   बजे

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा गगन कुमार थापा ३०२३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।आज भएको मतगणनामा थापा र शर्मा आफ्ना प्रतिष्पर्धिभन्दा ठूलो मतान्तरमा विजयी भएका हुन् । गगन थापाले खसेको मतको लगभग दुइतिहाइ नै मत प्राप्त गर्नुभयो । शेखर कोइराला समूहबाट उठेका थापालाइ जिताउन पूर्वदेखि पश्चिमसम्मका मतदाता उर्लिएको देखियो । महाधिवेशन प्रतिनिधिहरूले प्यानलभन्दा बाहिर गएर दिल खोलेर थापालाइ भोट गरेको देखियो । थापाले ३०२३ मत ल्याए । थापाले आफूसँगै महामन्त्री निर्वाचित हुनुभएका ेविश्वप्रकाश शर्माभन्दा लगभग १२०० मत धेरै ल्याउनुभएको छ ।

अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि ठूलो मतान्तर विजयी हुनुभएको छ । तुलनात्मकरूपमा निकै कमजोर देखिएको प्रकाशमान सिंहको प्यानलबाट चुनावी मैदानमा उत्रिएको शर्माप्रति प्रतिनिधिको असीम माया देखियो । शर्मा देउवा समूहका प्रकाशशरण महत र प्रदीप पौडेलभन्दा ३५० भन्दा धेरै मतान्तरमा विजयी हुनुभयो । शर्माले २२४६ मत ल्याए भने उहांसँग दौडिरहेका डा प्रकाशशरण महतले १५५० मत पाउनुभयो भने प्रदीप पौडेलले १४०९ मत पाउनुभयो । महत र पौडेल शेरबहादुर प्यानलका उम्मेदवार हुनुहुन्थ्यो ।

काँग्रेसको नेतृत्वमा आएका थापा र शर्मालाइ नेपाली राजनीतिको बदलिँदो अबस्थाको प्रतीकका रूपमा हेरिएको छ । बुढाहरूको पार्टि भनेर चिनाइने काँग्रेसको नेतृत्वमा आएका प्रभावशाली युवा नेताहरूका कारण काँग्रेसका आगामी दिन उज्वल बनेको पनि अनुमान गरिन थालेको छ । काँग्रेस उपसभापतिमा पनि युवानेता धनराज गुरूङ विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group