ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस निर्वाचन : सहमहामन्त्रीको परिणाम सार्वजनिक, सभापति देउवा र उपसभापति खड्का बाहेक सबै नया अनुहार


एबीसी / संवाददाता
२ पुस २०७८, शुक्रबार   ६ : ३६   बजे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मतगणना भइरहेका पांच सहमहामन्त्रीको परिणाम सार्वजनिक भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित हुनुभएको छ । शेखर कोइराला समूहबाट उम्मेदवारी दिनुभएका पाण्डेले २ हजार ४ सय ११ मत ल्याएर विजयी हुनुभएको हो । पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गर्नुभयो । देउवा प्यानलका शाहीले २ हजार १ सय ३३ मत ल्याउनुभएको छ भने अर्का उम्मेदवार चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघि शेखर प्यानलकै जीवन परियार दलितको क्लस्टरबाट विजयी हुनुभएको थियो । योस“गै शेखर प्यानलबाट सहमहामन्त्रीमा दुई जना विजयी भएका छन् ।

यसैगरी खस आर्यतर्फ सहमहामन्त्रीमा किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार शेख वकीललाई ९०१ मतान्तरले हराउ“दै मन्सुर विजयी बन्नुभएको हो । मन्सुरले २ हजार ७ सय ७६ र वकीलले १ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै खसआर्यतर्फ किशोरसिंह राठौरले २ हजार ५ सय ७६ मत ल्याएर शेखर प्यानलका देवराज चालिसेलाई पराजित गर्नुभएको हो । चालिसेले २ हजार ५९ मत पाउनुभएको छ । यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । यसैगरी थारुतर्फको क्लष्टरबाट सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । कृष्ण सिटौलाको कोटाबाट देउवा पक्षका उम्मेदवार उमाकान्तले तेजुलाल चौधरीलाई ८ सय ७९ मतले पराजीत गर्नुभएको हो । निर्वाचित चौधरीले २ हजार ७ सय ५६ र प्रतिस्पर्धी तेजुलालले १ हजार ८ सय ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी मधेशी क्लस्टर अन्तर्गतको सहमहामन्त्री पदमा देउवा समूहका महेन्द्र यादव विजयी हुनुभएको छ । यो स“गै सबै १३ जना नै पदाधिकारीको नतिजा घोषणा भएको छ । घोषित नतिजाअनुसार पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्ण बहादुर खड्का बाहेक सबै पदाधिकारी नया“ हुन् । यसैबीच कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न आजै सा“झबाट केन्द्रीय सदस्यको मतगणना सुरू गरिएको छ । निर्वाचन समितिका अनुसार अहिले मधेसी महिला केन्द्रीय सदस्यको मतगणना शुरु भएको छ । प्रदेश २ को प्रदेश अधिवेशन बा“की रहेकाले त्यहा“का नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय सदस्यको गणना गरिएको हो । मधेसी महिलातर्फबाट ४ पदमा ५ जना उम्मेदवार छन् । खुला केन्द्रीय सदस्यका लागि भने शनिबारबाट मतगणना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group