ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता गल्ती थिएन, किन जोगाउन सकेनौँ आत्मसमीक्षा गरौँ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
११ पुस २०७८, आइतबार   ७ : ५१   बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले राप्रपा, नेकपा माले, नेकपा एमाले र काँग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवाका अभिव्यक्तिप्रति आभार प्रकट गर्नुभयो ।प्रधानमन्त्री देउवाले संविधानसभाबाट संविधान निर्माण हुनुमा प्रचण्डको भूमिका प्रमुख रहेको भन्दै दिएको अभिव्यक्ति ‘महत्त्वपूर्ण’ रहेको भन्दै प्रचण्डले देउवाले पनि समय समयमा निकै गम्भीर र अर्थपूर्ण अभिव्यक्ति दिने गरेको स्मरण गर्नुभयो । उहांले भन्नुभयो, ‘अतिथि नेताहरूको बोलीमा कृत्रिमता कहीँ महसुस गरिनँ ।

देश, जनताको आकांक्षा पूरा गर्न कसरी सकिएला भन्नेबारे सबैको चिन्ता देखियो ।’ आफूहरू शान्ति प्रक्रियामा आउनु अघि तत्कालीन प्रधानमन्त्रीका रूपमा देउवाले आफ्नो नेतृत्वको प्रशंसा गरेको पनि प्रचण्डले सुनाउनुभयो । उहांले नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको प्रस्ट पार्दै उहांले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बतानुभयो ।

प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गर्नुभयो । प्रथम राष्ट्रिय सम्मेलनलाई हिजोमात्र महाधिवेशन बनाउने योजना बनाएको र आज केन्द्रीय समितिको बैठकबाट निर्णय भएको भन्दै छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै उनले आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu