ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कति खर्च गर्यो निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ?


एबीसी न्यूज
२३ पुस २०७४, आइतबार   ५ : ४७   बजे

काठमाडौं, २३– पुस । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभामा भएको खर्चको विवरण आज आइतवार सार्वजनिक गरेको छ ।
चुनावको लागि सरकारले १० अर्व रुपैयाँमध्ये ३० करोड रुपैयाँ पुँजीगततर्फ रकमान्तर गरिएको र ९ करोड ७० लाख रुपैयाँ मात्रै चुनावी खर्चको लागि छुट्याइएको आयोगले जनाएको छ । ९ करोड ७० लाख रुपैयाँमध्ये पुस २१ गतेसम्म ५ अर्व ६२ करोड २१ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

खर्च भएको रकममध्ये ७७ जिल्लामा ४ अर्व ८६ करोड १४ लाख रुपैयाँ दिइएको र बाँकी रकम आयोगको केन्द्रीय कार्यालयले खर्च गरेको    छ । सरकारले दिएको बजेटमध्ये अब ४ अर्व ७ करोड ७८ लाख रुपैयाँ बचेको र यो पैसाले राष्ट्रियसभा चुनाव र राष्ट्रपती तथा उपराष्ट्रपतिको चुनाव गर्ने आयोगले जनाएको छ ।

निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेर मितव्ययी भएर खर्च गरेको पनि आयोगको दाबी छ ।

चुनावमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको र ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu