ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा(एकीकृत समाजवादी)द्वारा एकताका लागि आग्रह


एबीसी / संवाददाता
१९ पुस २०७८, सोमबार   ३ : १९   बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध गरेको छ । देवसिंह महताको नेतृत्वमा रहेको जनवादीका ४५ जिल्ला कमिटी र सोही सङ्ख्यामा जनसङ्गठनका ११ हजारभन्दा बढी नेता तथा कार्यकर्ता छन् । त्यस्तै साध्यबहादुर भण्डारीको नेतृत्वमा रहेको परिषद्का सबै सदस्य नेकपा ९एस०मा समाहित हुनुभएको हो । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एस ले अवलम्बन गरेका आदर्श तथा कार्ययोजनाका आधारमा गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा सङ्गठित हुने लहर चलेको जानकारी दिनुभयो ।

नेकपा एमाले का केन्द्रीय कमिटी सदस्य तथा सुनसरीका नेता धर्मराज निरौलाको नेतृत्वमा ३०० र पाल्पाका नेता यादवबहादुर रायमाझीको नेतृत्वमा ६७ नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँ दुवै जना पूर्वसांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group