ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘क्लीन स्वीप’ हुनबाट जोगिएको एमाले : अब राष्ट्रिय सभामा कसको कति सीट ?


एबीसी / संवाददाता
१२ माघ २०७८, बुधबार   ७ : ४९   बजे

काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने सत्तारुढ गठबन्धनको योजना विफल भएको छ । निर्वाचनमा एमालेले राष्ट्रिय सभाबाट ७ सीट गुमाएको छ । १ नम्बर प्रदेशमा अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएसँगै गठबन्धनको ‘क्लीन स्वीप’ योजना विफल भएको हो ।निर्वाचन भएका ७ मध्ये ६ वटा प्रदेशमा पराजित भएको एमालेले १ नम्बर प्रदेशमा भने गठबन्धनको मत तान्न सफल भयो ।राष्ट्रिय सभाका २० जना सदस्यको ४ वर्षे कार्यकाल समाप्त हुन लागेपछि निर्वाचन भएको हो । उनीहरूको कार्यकाल फागुन २१ गते सकिँदैछ । त्यसबाहेक राष्ट्रपतिबाट मनोनित भएका विज्ञ सदस्य रामनारायण बिडारीको पनि ४ वर्षे कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ ।

बुधवारको निर्वाचनमा ७ प्रदेशमा ७ महिला, ३ दलित, २ अपाङ्गता तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना उम्मेदवार बनेका थिए । १९ सीटमा गठबन्धनले १८ सीट जितेको छ ।राष्ट्रियसभा ५९ सदस्यीय हुन्छ । सभाका सदस्यको कार्यकाल ६ वर्षको हुन्छ तर पहिलो १ कार्यकालका लागि गोलाप्रथाबाट सदस्यको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला २ वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।
अबको २ वर्षपछि अन्य २० जनाको पदावधि सकिने छ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अब कसको कति सीट ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट नेकपा एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि एमाले २४ सीटसहित राष्ट्रिय सभामा पहिलो दल थियो । एमालेले यसपालि ८ सीट गुमाउँदैछ । जसमध्ये निर्र्वाचनबाट १ सीट सुरक्षित राख्न सफल भएको छ । चुनावमा ७ सीट गुमाउँदा पनि एमाले नै राष्ट्रिय सभामा पहिलो दल हुने भएको छ । अब राष्ट्रिय सभामा एमालेसँग १७ सीट मात्रै हुन्छ ।राष्ट्रिय सभामा माओवादीको १४ सीट थियो । यसपटक उसको ४ सीट खाली हुँदैछ तर निर्वाचनबाट ५ सीटमा जीत निकालेको छ । अब राष्ट्रिय सभामा माओवादी सांसदको संख्या १५ पुगेको छ ।

राष्ट्रिय सभामा ७ सीट भएको कांग्रेसको यसपटक ३ सीट खाली हुँदैछ । कांग्रेसले ६ सीट जितेकाले राष्ट्रिय सभामा कांग्रेसको १० सीट भएको छ । नेकपा एकीकृत समाजवादी ९एस० पार्टीको राष्ट्रिय सभामा ७ सिट थियो । यसपटक एसका ४ सांसद राष्ट्रिय सभाबाट बाहिरिनुपर्ने थियो । निर्वाचनमा एकीकृत समाजवादीले ५ सिटमा जितेकाले राष्ट्रिय सभामा एसको ८ सीट भएको छ ।

राष्ट्रिय सभामा २ सीट भएको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचनबाट १ सीट थपेको छ भने राष्ट्रिय जनमोर्चा १ सीटसहित राष्ट्रिय सभामा प्रवेश गरेको छ । राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको १ सीट र स्वतन्त्र सांसद १ जना छन् । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।राष्ट्रिय सभाको यस पटकको निर्वाचनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई भएको छ । गठबन्धनमा भएको कारण कांग्रेसले राष्ट्रिय सभामा १० सीट पुर्‍याउन सफल भएको छ । कांग्रेस एक्लै चुनाव गएको भए राष्ट्रिय सभामा कांग्रेस ३ सीटमा सीमित हुने अवस्था थियो । त्यसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले राष्ट्रिय सभामा यसअघिको भन्दा १र१ सीट बढी थप्न सफल भएका छन् । गठबन्धनमा भएकै कारण राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय सभामा उपस्थित भएको छ । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group