ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिफ्टिङ प्रविधि : खानेपानीका लागि अब काकाकूल बन्नु नपर्ला !


एबीसी / संवाददाता
२० माघ २०७८, बिहिबार   ६ : ०५   बजे

बलेवा । वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन् ।

मुहानदेखि बागलुङ बजारसम्म लामो पाइपलाइनबाट पानी ल्याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बजारमा वितरण गरिरहेको छ । पाइपलाइन र मुहानमा देखिने समस्या तथा वितरण लाइनमासमेत अन्य विकासे पूर्वाधारले पु¥याउने क्षति खानेपानी उपभोक्ता संस्थाका लागि ठूलो समस्या हो ।

संस्थाकै तथ्याङ्क हेर्ने हो भने बजारका लागि पर्याप्त पानी आउँदैन् । ४२ लिटर प्रतिसेकेण्ड आवश्यकता रहेको बागलुङ बजारले सुख्खा याममा २६ लिटर प्रतिसेकेण्ड मात्रै पानी पाउँछ । त्यही पानी बाँडेर बजारलाई पु¥याइएको छ । बागलुङ नगरपालिकाकै कैलाम पोखरीमा काठेखोलाको पानी तानेर वितरण गर्ने योजना निर्माणाधीन अवस्थामा छ । चैतसम्ममा पानी ल्याउने संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।

पानीको समस्या दिनानुदिन बढ्न थालेपछि यहाँका केही संस्थाले धाराको पानीको विकल्प खोज्न थालेका छन् । तीन वर्ष पहिला बागलुङमानै पहिलो पटक चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल रामरेखाले जमिनमुनिको पानी प्रयोगमा ल्यायो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालय प्राङ्गणमा २१० मिटर जमिनमुनीबाट डिप बोरिङ गरेर पानी तानिएको छ । प्रतिघण्टा १० हजार लिटर पानी तान्ने क्षमताको मोटर जडान गरेपछि अहिले विद्यालयलाई धाराको आवश्यकता छैन् ।

“यहाँका शिक्षक र विद्यार्थीलाई धाराको पानीले नपुगेपछि विकल्प खोज्यौं, लगानी त भयो तर अहिले पानीको समस्या छैन्”, विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले भन्नुभयो, “हामीले पानी निकालेपछि अरुले पनि सिकेका छन् ।” धारामा आउने पानी अपर्याप्त भएपछि गतवर्ष धौलागिरि अस्पताल बागलुङले पनि सोही प्रविधि प्रयोग गरेर पानी तानेको छ ।

दुई सय ३० मिटर तलबाट पानी तान्नका लागि अस्पतालले २० लाख खर्चेको थियो । हरेक दिन हजारौं खर्चेर ट्याङ्करको पानी प्रयोग गर्ने अस्पताललाई अहिले पानीको समस्या छैन् । पानी चाहिए मोटर चल्छ । धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले पनि यसै साता जमिनमुनिको पानी निकाल्यो । २१० मिटर गहिराइमा पुग्दा पानी भेटिएपछि प्रतिष्ठानका सञ्चालक सदस्य श्रीप्रसाद शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “द्वारेगाँैडा, रमेटार, कुँडुले बागलुङ बजार क्षेत्रमै रहेपनि खानेपानी अभावले युगौंदेखि तड्पिँदै आएको छ । सरकारी योजनाको बजेटिङ्को राशि धेरै रहेको सुनिन्छन् । तर, काम कछुवा गतिभन्दा उदेकलाग्दो सुस्त १ यही पीडाबाट मुक्ति पाउन एक हप्ता डिप बोरिङ गरी करिब २१० मिटरमुनि पानी फेला पारियो । डिपिएसपि परिवार आज हर्षित– खुसी भएको छ ।”

पानीको खाँचो टार्नका लागि संस्थाले ठूलो लगानी गर्ने गरेका छन् । डिप बोरिङका लागि रु २० लाखभन्दा धेरै खर्च आउने सरोकारवाला बताउँछन्् । बागलुङ बजारमा पर्याप्त खानेपानी पु¥याउने गरी प्रतिसेकेण्ड ७० लिटर पानी तान्ने लिफ्टिङ प्रविधिको योजना म्याद थपेर काम चलिरहेको छ । बाधा अवरोध नआए आउँदो चैतसम्म पानी आउने संस्थाले जनाएको छ । “सायद अब हामी पानीको लागि काकाकूल बन्नु नपर्ला १” डिप बोरिङबाट पानी तानेका संस्थाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group