ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर


एबीसी / संवाददाता
२१ माघ २०७८, शुक्रबार   २ : ०३   बजे

कञ्चनपुर, २१ माघ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख सुशीला चन्द सिंह, बेलडाँडी गाउँपालिकाका तर्फबाट अध्यक्ष धनबहादुर थापा तथा लालझाडी गाउँपालिकाका तर्फबाट अध्यक्ष मदनसेन वडायकले कार्य सहमति पत्रमा बिहीवार साँझ महेन्द्रनगरमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ । कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा आयोगका विज्ञसदस्य शाहले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन कार्य अगाडि बढाइसकेको बताउनुभयो । केही जिल्लामा आयोगका जिल्ला समिति गठन भई कार्य प्रारम्भ भइसकेको उल्लेख गर्दै उहाँले केहीसँग सहमतिपत्रमा हस्ताक्षर हुने क्रम जारी रहेको बताउनुभयो ।

जग्गा नापजाँचका लागि जनशक्ति आयोगले व्यवस्थापन गर्न लागेकामा जोड दिँदै उहाँले थप जनशक्तिका लागि स्थानीयवासीले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । विगतका आयोगले गरेका अधुरा कार्यबाटै नयाँ काम सुरु हुने उहाँको भनाइ थियो । आयोगका जिल्ला समिति अध्यक्ष ढुङ्गानाले कार्यालय व्यवस्थापनको कार्य भइरहेकाले विगतमा भएका कार्यको अध्ययन गरी दु्रतगतिमा काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुराना अपराध प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित, कारबाहीको दायरामा ल्याइने : आईजीपी कार्की

आज देशैभरि वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षाको चेतावनी

सम्बन्धित

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

सुदूरपश्चिम सरकार विस्तार, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिममा एक महिनामै लागुऔषधसहित १६० जना पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै, नाउपाका ६ सांसद अनुपस्थित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu